निसानका पूर्वप्रमुख घोसनलाई श्रीमतीसँग कुराकानी गर्न प्रतिबन्ध

एजेन्सी । जापानी कार निर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस घोसनले आठ महिनापछि श्रीमतीसँग कुरा गर्ने अनुमति पाएका छन् । घोसनको परिवारले दिएको जानकारी अनुसार टोकियोको अदालतले उनलाई श्रीमतीसँग कुराकानी गर्न लगाइएको प्रतिबन्ध हटाइदिएको हो ।
यसअघि घोसनलाई उनकी श्रीमतीसँग कुराकानी गर्न पनि प्रतिबन्ध लागइएको थियो । तर, परिवारले अत्यधिक क्रुर र अमानवीय प्रतिबन्धविरुद्ध आफ्नो दलिल दोहोर्याएको थियो । घोसन परिवारले उनी र उनकी श्रीमती दुवैको ‘मौलिक अधिकार’को सम्मान गरिनुपर्नेमा जोड दिएको थियो । घोसनमाथि वित्तीय कसुर गरेको अभियोग लगाइएको छ ।
उनको परिवारका प्रवक्ताका अनुसार टोकियो जिल्ला अदालतले थुप्रै याचिकापश्चात पनि घोसनलाई श्रीमती क्यारोलसँग कुराकानी गर्न प्रतिबन्ध लगाइएको थियो । तर अब यी दुईलाई एक घण्टा कुराकानी गर्न प्रतिबन्ध फुकाइएको उनले बताए । अब घोसनले आफ्नी श्रीमतीसँग भिडियो कन्फ्रेसिङको माध्यमबाट एक घण्टासम्म कुरा गर्न पाउनेछन् । त्यसबखत उनका वकिल पनि साथैमा हुनेछन् ।
वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै कारणले धेरै चर्चामा रहने नेता हुन । तर उनको यसपटकको चर्चा पत्नी मेलानियाका कारण भइरहेको छ। हुन त पत्नीकै कारण पनि ट्रम्प धेरैपटक चर्चामा आइसकेका छन ।
काठमाडौं । एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।