भायनेटले ल्याये ‘क्या लभ्ली अफर’

भायनेटले ल्याये ‘क्या लभ्ली अफर’

काठमाडौं । नेपालकोपहिलो र बिशाल एफटिटिएच इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले संचालनको २०औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ । सो योजना अन्तर्गत ग्राहकहरुले ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगा पिक्सल क्यामरा भएको साओमी रेडमी नोट एट प्रो प्राप्त गर्नेछन । त्यसैगरी २७ हजार ७ सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टिभी र साओमी रेडमी नोट एट प्राप्त गर्नेछन् ।

यसका साथै भायनेट इन्टरनेट प्याकेज सँग ग्राहकले मात्र १८ हजार ७ सय ९० देखि सामसङ र स्काईवर्थ को ३२ ईन्च देखि ४३ ईन्चसम्मका एईडि टिभि हरुका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । सन् १९९९ मा स्थापितभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको एफटीटीएच सेवा २५ जिल्लाबाट

टेलिकमको एफटीटीएच सेवा २५ जिल्लाबाट

काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । त्यसैगरी गोंगबु कार्यालय अन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेञ्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ ।

स्वर्गकी रानीको उपमा पाएको रारामा फोरजी मोबाइल सेवा

स्वर्गकी रानीको उपमा पाएको रारामा फोरजी मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा मंसिर १९ देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस