लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डडेल्धुरामा पनि बिभीन्न कार्यक्रम गरी मनाइदै

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डडेल्धुरामा पनि बिभीन्न कार्यक्रम गरी मनाइदै

डडेल्धुरा – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डडेल्धुरामा बिभीन्न कार्यक्रम गरी मनाइदै छ । यो वर्ष ‘समानताको पुस्ता बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ अमरगढी नगरपालिकाको आयोजनामा यो अभियान सुरु भएको हो । जील्लामा १६ दिन नै महिलाका बिषयमा छलफल, अन्र्तक्रीया, रेडियो बहस, ठाउ–ठाउमा ब्यानर तथा प्ले कार्ड, जनचेतना मुलक सन्देश प्रवाह लगायतका अन्य बिभीन्न कार्यक्रमहरु सञ्चालन गरीने नगरपालिकाका उपमेयर संगीता भण्डारीले जानकारी दिइन ।


महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हकअधिकार सुनिश्चित गर्न यो अभियान हरेक बर्ष आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

Ad

सम्बन्धित समाचारहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् ।

दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

चित्रकुमार कार्की, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सफल व्यावसायी कौसल दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ गठन भएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकास संगै मोवाईल पनि मानिसको दैनिकी संग जोडिएको छ । तर यसको गलत प्रयोग बजारमा मोबाईल किनबेचमा ठगी पनि उत्तिकै बढेको पाईन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस