नेपाल बचाउने एउटा मान्छे चाहियो !

नेपाल बचाउने एउटा मान्छे चाहियो !

नेपालको हरक्षेत्र अस्तव्यस्त छ–डरत्रासले,
लोकतन्त्र लुटतन्त्रमा परिणत किन गरियो ?
जिम्मेवारी कहीं छैन–सकारात्मक निकाशाको,
विकल्पको खोजीमा छ दूनियाँ नव नेतृत्वको ।

नेपालको भौगोलिकता र पहिचान बोक्नसक्ने,
सार्वभौम–स्वतन्त्रतामा समर्पित त्यस्तो मान्छे,
स्थायी राष्ट्रप्रमुख पृथ्वीनारायणको बंश चाहियो,
सार्वभौम–नेपालप्रति प्रतिवद्ध मान्छे चाहियो ।

विदेशीको इशारामा नहिड्ने अस्मिता बचाइराख्ने,
भ्रष्टहरुलाई परास्त गर्दै नेपाललाई टेवा दिन,
निस्काम कर्मवादी एउटा सपूत मान्छे चाहियो,
नेपाल बचाउने सच्चा देशभक्त राजा ज्ञानेन्द्र चाहियो !

-दीर्घराज प्रसाई

Ad

सम्बन्धित समाचारहरु

'सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ' विमोचित

'सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ' विमोचित

भक्तपुर । स्वर्गीय प्राडा इन्जिनियर दीपक भटराईद्धारा लिखित 'सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ' बुधबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद डा सुरेशराज शर्मा र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

यो संसार जस्ले जन्मायो– उसैले जान्दछ मलाई

यो संसार जस्ले जन्मायो– उसैले जान्दछ मलाई

मेरो आफ्नै क्षितिज छ त्यहीं मेरो नयाँ संसार,जहाँ हिमाल हाँसेको छ त्यही मेरो प्यारो नेपाल ।

Ad

प्रतिक्रिया दिनुहोस