Namaste Icon
Ad
Ad

सिन्धुलीमा पनि टेलिकमको फोरजी सिम वितरण

सिन्धुलीमा पनि टेलिकमको फोरजी सिम वितरण

काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा सिन्धुलीमा कम्पनीले यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ । गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल ¥याली ‘राइड थु्र सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासी बीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुमाझ गरिएको थियो ।

तत्कालीन नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंगे्रज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा संवृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा आयोजित साइकल ¥यालीका अवसरमा सो कार्यक्रम गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गर्नुभएको सो ¥याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो ।

कम्पनीले सहप्रायोजन गरेको साइकल ¥यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीका बारेमा उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा बन्द गरिए यी भारतीय टिभी च्यानल

नेपालमा बन्द गरिए यी भारतीय टिभी च्यानल

काठमाडौं । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दैआएका थिए ।

प्रदेश ५ मा पहिलो पटक तारवाला फोन पूर्णरुपमा विस्थापित

काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य २०७७ आषाढ २४ गते सम्पन्न गरेको छ । बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन क्षमताको सि डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad