Namaste Icon
Ad
Ad

शिक्षक लिलाराम बिश्वकर्माको बिदाइ, भावुक भए अभिभावक, बिद्यार्थी र सहकर्मी

शिक्षक लिलाराम बिश्वकर्माको बिदाइ, भावुक भए अभिभावक, बिद्यार्थी र सहकर्मी

गोविन्द बीसी, बौनिया । एक भव्य औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षक लिलाराम बिश्वकर्माको बिदाइ गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनिया स्थित बसन्त मुरारी माविमा कार्यरत शिक्षक बिश्वकर्मालाई मंगलबार बिदाइ गरिएको हो । शिक्षक सेवा आयोगबाट लिएको परीक्षामा निमावि तहको गणित र बिज्ञानमा नाम निकाल्न सफल भएपछि उनलाई विद्यालयबाट बिदाइ गरिएको छ । शिक्षक लिलाराम बिश्वकर्माको हाल बाजुरा सदरमुकाम मार्तडी स्थित मालिका मोडेल माविमा पदस्थापन भएको हो ।

लामो समयसम्म एउटै विद्यालयमा पठन पाठन गर्दै आएका शिक्षकको बिदाइमा उपस्थित हुँदा सबै भावुक भए । कार्यक्रममा सहभागी विद्यार्थी र सहकर्मी शिक्षकका आँखामा बिछोडका आँसु निस्किए । ऊनीहरु सबैले बिगतमासंगै काम गर्दाका पलहरुको स्मरण गरे । बिगत १६ बर्षदेखि निमावि राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक बिश्वकर्माले सोही विद्यालयमा गणित र बिज्ञान विषय अध्यापन गराउँदै आएका थिए। यसअघि बसन्त मुरारी माविमा २०६० कार्तिक १५ मा नियुक्त भएका उनी कुशल, अनुभवी र मिलनसार शिक्षक भएको भन्दै विद्यालयले प्रसंशा तथा सम्मान समेत गरेको छ । फूलमाला, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

विद्यार्थी, शिक्षक, अभिभावक, प्रशासन र ब्यवस्थापन समितिले उनको आगामी पेसागत सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । विद्यालयका प्राचार्य भूमिप्रकाश बमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि ब्यवस्थापन समिति अध्यक्ष टंकबहादुर कुँवर रहेका थिए। बिशिस्ट अतिथिमा शिक्षक अभिभावक संघ अध्यक्ष मिरादेवी आलेमगर रहेका थिए ।

सहायक प्राचार्य राकेश हमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यार्थी विश्ना खतिवडा, शिक्षक गीता कडायत, गणेशप्रसाद जोशी विद्यालय ब्यवस्थापन समितिका सदस्य अमर बम र पद्मा साउँद लगायतले शुभकामना मन्तव्य राखे, भने कार्यक्रमको संचालन शिक्षक गणेशप्रसाद दाहालले गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

स्वर्गीय बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

माधव खनाल, अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवारले भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।

शुल्क लिएर पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad