अल्बानियामा भूकम्पमा हजुरआमाको मृत्यु तर नाती काखमा लुकेर बाँच्यो

अल्बानियामा भूकम्पमा हजुरआमाको मृत्यु तर नाती काखमा लुकेर बाँच्यो

एजेन्सी । अल्बानियामा मंगलबार आएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा उत्तर पश्चिममा रह्यो । मंगलबार बिहान आएको यो भूकम्पको केही घण्टापछि बोसनियाको मोस्टारमा पनि भूकम्प आयो । यद्यपि, यहाँ कुनै पनि प्रकारको क्षतीको खबर आएको छैन । अल्बनियाका प्रधानमन्त्री एडी रामाले ट्वीटरमा लेखे, ‘हामी पीडितको साथमा छौं । हामी प्रभावित इलाकामा मानिसको मद्दतका लागि हर सम्भव कोसिस गरिरहेका छौं ।’ अल्बानियाको स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हजुरआमाले नातीलाई बचाइन्ः
तत्कालका लागि सबै स्कूल बन्द गरिएको छ । उद्धारकर्मीले अल्बानियाको मिडियालाई एक वृद्धाबारे जानकारी दिएका छन् । उद्धारकर्मीले जब एक वृद्ध महिलाको शव भेटे तब उनी आफ्नो नातीसँग थिइन् । ती हजुरआमाले आफ्नो नातीलाई यसरी समातेकी थिइन् कि बच्चाको सकुशल उद्धार गर्न सकियो ।

भूकम्पपछि उद्धारकार्य तीब्र रुपमा जारी छ । सेना, पुलिसले भवनबाट मानिसहरुलाई निकालिरहेका छन् । भूकम्पमा धेरै मानिसहरु फसिरहेको पनि अनुमान गरिएको छ । अधिकारीका अनुसार अहिलेसम्म भूकम्पग्रस्त भवनबाट ४२ व्यक्तिलाई जिउँदो निकालिएको छ । यसअघि सन् १९७९ मा ६.९ रेक्टर स्केलको भूकम्प आएको थियो । यो भूकम्पमा १३६ जनाको ज्यान गएको थियो भने करिब एक हजार घाइते भएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

नागरिकता विधेयक पारित भ्एपछि चर्कियो आन्दोलन, अनिश्चिकालिन कर्फ्यू

एजेन्सि । भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध जारी छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चर्किएको हो। विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो।

३८ यात्रुसहित सैनिक विमान वेपत्ता

३८ यात्रुसहित सैनिक विमान वेपत्ता

एजेन्सी, चिली । चिलीको पुन्ता एरेनाजबाट सोमबार साँझ उडेको सैनिक विमान अहिलेसम्म हराइरहेको छ । ३८ जना यात्रुसहित अन्टार्कटिकाका लागि सथानीय समय अनुसार ५ बजे उडेको थियो । ‘सि १३० हर्कुलस’ नामको उक्त विमान अवतरण हुनुपर्ने समयसम्म पनि कुनै शंकेत नदिएपछि चिली एयर फोर्सले दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस