Namaste Icon
Ad
Ad

डा. निर्मलमणि अधिकारीको ‘सञ्चार सिद्वान्तीकरण’ सार्वजनिक

डा. निर्मलमणि अधिकारीको ‘सञ्चार सिद्वान्तीकरण’ सार्वजनिक

काठमाडौं । सञ्चार सिदान्तकार डा. निर्मलमणि अधिकारीको नयाँ पुस्तक ‘सञ्चार सिद्वान्तीकरण’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार सिद्वान्तीकरण पुस्तक प्राध्यापक रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, पीयुष मिश्र लगायतले संयुक्त रुपमा लोकार्पण गरे।

सञ्चार सिद्वान्तीकरण पुस्तकमा सिद्धान्त, सिद्धान्तीकरण र अभिनिर्माण, सञ्चारको सिद्धान्तीकरण, सञ्चारको सिद्धान्तीकरण एसियाली सन्र्दभ र सञ्चार ढाँचाको अभिनिर्माण गरेर चार अध्याय रहेका छन् ।

लेखक अधिकारीले अनुन्धान परियोजनाहरुमा मुख्य शोधकर्ता तथा निर्देशकको हैसियतमा नेतृत्व गरिसकेका छन् । सत्तरी भन्दा बढी अनुसन्धान लेखहरु बिश्वका बिभिन्न देशहरुबाट प्रकाशित गरिसकेका अधिकारीको यो पैतालीसौं पुस्तक हो ।

साथै उक्त कार्यक्रममा नेपालमा आम सञ्चार र पत्रकारिता शिक्षण प्रशिक्षणमा ऐतिहासिक योगदान पुर्याउनु भएका प्रा। परशुराम खरेल, प्रा रामकृष्ण रेग्मी, डा। पियूष मिश्र, लाल देउसा राई र श्रीराम सिहं बस्नेतलाई सम्मान गरिएको छ । अधिकारीले सञ्चारको साधारीकरणको ढाँचा, सञ्चारयोग सिद्धान्त, राज्यराष्ट्र सिद्धान्त, सहृदयता दर्शन आदिको अभिनिर्माण गरी अन्तर्राष्ट्रिय प्रसिद्ध हासिल गरेका छन ।

 

Ad

सम्बन्धित समाचारहरु

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

शैलेन्द्र बिक्रम गिरी, प्युठान नाक हरेर जात छुट्याउने भोटी हरेर रोटी खुट्याउनेयो विभेद कहिलेसम्म जारिरहन्छ माइली माइली यो विभेद कहिलेसम्म जारिरहन्छ ?

नेपालका पाखुरा

नेपालका पाखुरा

कालापानि र लीपुलेक रसिलाे हाम्राे लिम्पीयाधुरा।फिर्ता लीन डटेर निर्भिक भई गर्नू छ पक्का कुरा ।।आँखा लाउन फेरि खाेज्दछ भने शैलेन्द्रका टाकुरा ।मुक्का हान्न तयार छन् अबभने नेपालका पाखुरा ।।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad