Ad

मतदान केन्द्रनजिकै पार्टीको भतेर, फोटो खिच्ने पत्रकारमाथि दुर्व्यवहार

मतदान केन्द्रनजिकै पार्टीको भतेर, फोटो खिच्ने पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं । उपनिर्वाचनमा मतदाता प्रभावित गर्न सत्तारुढ नेकपाले मतदान स्थलको आडैमा भोजभतेर गरेको छ । नेपाल कम्युनिस्ट पार्टी भरतपुर १६ ढड्डाघारी माविको आडैमा मतदातालाई आज विहान भतेर खुवाएको दावि गरिएको छ ।

सामाजिक सञ्जालमा आएका फोटोहरुका अनुसार उक्त मतदान स्थलकै आडमा नेकपाले आफ्ना कायकर्ता तथा मतदातालाई भतेर खुवाएको हो । उक्त भतेरको भिडियो तथा फोटो खिच्ने क्रममा चितवनको कालिका मिडियाका समाचार प्रमुख राजु सापकोटालाई समेत दुब्र्यहार गरिएको बताइएको छ । कालिकान्यूजडटकमले समाचार प्रमुख सापकोटा माथि भोजभतेर लगायतका कृयाकलाप क्यामरामा कैद गर्दा सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ताहरुले फोटो तथा भिडियो डिलिट गर्न भन्दै दुब्र्यहार गरेको जनाएको छ ।

उक्त फोटो तथा भिडिया कैद गर्दा चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्ल पनि सँगै रहेका थिए । उनले पत्रकारमाथी दुब्र्यहार भइरहँदा कुनै सहयोग नगरेको भन्दै कालिका मिडियाले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उक्त स्थानमा अर्का पत्रकार महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवार माथिपनि दुब्र्यहार गर्दै उनीहरुल खिचेको भिडियो डिलिट गर्न लगाइएको थियो ।

 फोटो स्रोत :कालिका एफएम

Ad

सम्बन्धित समाचारहरु

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने बताएका छन । मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए।

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक एसपी र २१ प्रहरी नायब उपरीक्षक डिएसपीको काज सरुवा गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस