Namaste Icon
Ad
Ad

सन्तानेश्वर विद्या मन्दिरको २९ औं अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सन्तानेश्वर विद्या मन्दिरको २९ औं अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सन्तोष दहाल, ललितपुर । गोदावरी नगरपालिका १३ झरुवारासीमा अवस्थित सन्तानेश्वर विद्या मन्दिरले आफ्नो स्थापनाको २९ वर्ष पुगेको अवसरमा वृहत अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालय प्रांगणमा प्रदेश ३ का प्रदेशसभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

२०४७ सालमा स्थापना भएको यस विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म हाल ४५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रममा विद्यालयको समग्र अवस्थाबारे जानकारी गराउदै प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठले सुरुवाती दिनहरुदेखी नै सबै विद्यार्थी तथा अभिभाभकले देखाएको भरोसा र विश्वासलेर गर्दा आज विद्यालय यस अवास्थ्थासम्मा आईपुगेको बताए । साथै उनले आगामी दिनहरुमा उक्त विश्वासलाई कदापि डग्न नदिने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी प्रमुख अतिथि प्रदेश सांसद चेतनाथ सञ्जेलले विद्यालयको स्थापनाकालदेखी नै आफ्नो विद्यालयसंग भावनात्मक सम्बन्ध रहेको भन्दै यहाँसम्म आउनको लागि संस्थापकहरु जलकृष्ण सिंह , निरन्जन आचार्य र जनार्दन आचार्यको मेहनतको मुक्तकण्ठले प्रशंसा गर्दै विगत लामो समयदेखी अस्थिरतामा अल्झिएको मुलुकले २ वर्षअघि स्थिर सरकार पाएपछि विकास र समृद्धिको बाटोमा अघि बढेकाले नयाँ शिक्षा ऐनले शिक्षा क्षेत्रमा विद्यमान सबै समस्याहरुको समाधान हुने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संस्थागत विद्यालयहरुले महत्त्वपूर्ण भूमिका खेलेको संजेलको भनाई छ ।

वडाध्यक्ष भाष्कर थापाले विद्यालय परिवार र सम्पूर्ण टीमको अथक मेहनतले विद्यालयले आजको शैक्षिक उचाई प्राप्त गर्न सफल भएको भन्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे । हरेक वर्ष विद्यालयले गुणस्तरीय र प्रयोगात्मक शिक्षा सन्तानेश्वर विद्या मन्दिरले प्रदान गरेको भन्दै उनले अबका दिनहरुमा डाक्टर पाईलटको मात्र चाहना भन्दा सामाजिक चिन्तन र विकास निर्माणको सवालमा पनि नयाँ पुस्ताका विद्यार्थीहरुले सोच्न आग्रह गरे । थापाले वडामा भईरहेका समग्र विकास निर्माणका गतिविधिको विषयमा पनि जानकारी गराएका थिए ।यस्तै शुभकामना मन्तव्य राख्दै प्याब्सनका केन्द्रिय कार्यसमिति सचिव एबम कन्चन स्कुलका संस्थापक नवराज महतले समाजकै उत्कृष्ठ विद्या मन्दिरको रुपमा सन्तानेश्वर विद्या मन्दिर अगाडी बढेको जिकिर गरे ।साथै उक्त कार्यक्रममा विगतमा विद्यालयबाट एसएलसी र एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ । 

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण

जुम्ला । कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए ।

विना दर्ताको गुणस्तरहीन स्यानेटाइजर आयात रोक्न माग गदै औषधि उत्पादक संघ आन्दोलनमा

काठमाडौं । नेपाल औषधि उत्पादक संघले स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको बिरोध गरेका छन । संघमा आवद्ध उत्पादकहरुले असार ३० गते (आज) औषधि ब्यबस्था विभागमा बिहान शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका हुन । स्वास्थ्य मन्त्रिस्तरिय निर्णयले मिति २०७७ असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको गरेको थियो । नेपाल औषधि उत्पादक संघको अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो । यो वा त्यो बहानामा नेपालि उधोगहरुको प्रबर्दनमा विरुद्ध गरिएका निर्णय तत्काल फिर्ता लिन संघले आग्रह गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad