Namaste Icon
Ad
Ad

एभोकाडो फलको खेती गर्ने तरिका

एभोकाडो फलको खेती गर्ने तरिका

खेती प्रबिधि :
एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ ।
मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो ।


सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।
प्रयाप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ।
नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् !
संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।


नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् ।
पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ !


नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ ।
एभोकाडो हुर्काएपछि 50 वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको 3 देखि 5 वर्षमा फल दिन शुरू गर्ने यसको एउतै बोटमा 1हजार किलो (1 सयदेखि 5 सयओटा फल)सम्म फल्न सक्छ ।

समुन्द्र सतह बाट 2500 मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।
माटोको पी एच 5.5 देखि 6.5 भएको ठाउमा राम्रो हुन्छ ।
फल टिपेको 5 देखि 10 दिनमा फल पाक्ने गर्छ ।
श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो ।।

Ad

सम्बन्धित समाचारहरु

नेपाल आएका सलह आफैं मर्न थाले

नेपाल आएका सलह आफैं मर्न थाले

काठमाडौं । अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए। ‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं मर्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’ उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उनले बताए।

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

इलाम । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ । नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad