कृष्ण कंडेललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड

कृष्ण कंडेललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड

काठमाडौं । ९ औं अन्र्तराष्ट्रिय लोक संस्कृति फिल्म महोत्सवमा लोकप्रिय कार्यक्रम कृष्ण कंडेलले अवार्ड प्राप्त गरेका छन् । इन्द्रेणी समाजका अध्यक्ष एवं इन्द्रेणी कार्यक्रमका सञ्चालक रहेका कृष्ण कंडेलले लाईफ टाईम एचिभमेन्ट अवार्ड प्राप्त गरेका हुन् ।

नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै इन्द्रेणी कार्यक्रमले देश विदेशमा मनोरञ्जन, सन्देश, राष्ट्रिय एकता र समृद्विको लागि अहोरात्र निरन्तर खटिएर बिभिन्न स्थानमा दुख पी डा र समस्यामा परेका मानिसहरुको लागि सेवाभावको कार्यले कयौंको जीन्दगीले पुर्नजीवन पाएकाले कंडेललाई सो सम्मान प्रदान गरिएको नेपाली लोक बाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कंडेलले बताए ।

पछिलो समय कार्यक्रम इन्द्रेणीले गरिब दुखिको घाउमा मलम लगाउने प्रयत्न गर्दै सहयोगको राम्रो काम गर्दै आएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कंडेल, प्रमोद उपाध्याय लगायत अन्य धेरै बिशिष्ट व्यक्तित्वहरुको सहभागिता समेत रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

काठमाडौं। ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । विहीबार फिल्मको गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको हो । फिल्मको मुख्य भूमिकामा रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहालाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा सन्दकपुर गाउँ, पानीटारको चियाबारी र इलाम लगायतका दृश्यहरु समावेस गरिएको छ ।

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

काठमाडौं । गायिका शर्मिला कडेल र रोशन कुताल क्षेत्रीको लोक दोहोरि गीत ‘गलैचा गुन्द्रीमा’ सार्वजनिक भएको छ । शिव अखेलिको शब्द तथा गायक रोशन कुताल क्षेत्रीको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले छायाँकन गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस