Namaste Icon
Ad
Ad

बज्रग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृङ्खला खतिवडा

बज्रग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृङ्खला खतिवडा

काठमाडौं । बज्र ग्रुपले मिस नेपाल श्रृङ्खला खतिवडा लाई एक बर्षको लागी ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । प्रथम त २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागी संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बनेको र पेसाले उनी आर्किटेक्ट भएकोले उनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


कम्पनीका उत्पादन बाथरुम र निर्माण सामाग्री उत्पादन गर्ने सेनेटरी ब्यवसायसँग सम्बन्धित छ । उनी बज्र ग्रुपका उत्पादनको बारेमा राम्रो जानकार मात्र हैन, उनको ब्यवसायिक विचार र कार्यशैलीले बजारमा बज्र ग्रुपका उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको कम्पनीले जनाएको छ । बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविधप्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । बज्र ग्रुपले जस्तैंः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी उत्पादन गर्दै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

इसेवा मनि ट्रान्सफर र रेमिटलि युएसए बीच डिजिटल रेमिट्यान्स् सम्झौता

काठमाडौं । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटलि युएसए र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

आइडियल यमुना सहकारीद्वारा अति विपन्न र अशक्त परिवारलाइ राहत वितरण

काठमाडौं । सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।  जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरुलाई प्रति परिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यन्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad