Namaste Icon
Ad
Ad

‘मेहेन्दी’ मा प्रियंका (भिडियो सहित)

‘मेहेन्दी’ मा प्रियंका (भिडियो सहित)

काठमाडौं । मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले ‘मेहेन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता , चंचलता , प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

रेश घोन्डे गुरुङ गीतकार , संगीतकारका अलावा मोडेल , भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसघि ‘भाचिदेउ कि बारुली कम्मर’ बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डेगुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

 

Ad

सम्बन्धित समाचारहरु

लकडाउनमा बले र सायसाको मस्ती ( भिडियो)

लकडाउनमा बले र सायसाको मस्ती ( भिडियो)

कोरोना कहरबीच नेपाली गीतसंगीत प्रेमीहरुलाई संगीतको माध्यमबाट मनोरन्जन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् ।

रिता केसीले ल्याईन 'बनको चरी बनैमा' (भिडियो सहित)

रिता केसीले ल्याईन  'बनको चरी बनैमा' (भिडियो सहित)

काठमाडौं । गायिका रिता केसीको नयाँ गीत 'बनको चरी बनैमा' सार्वजनिक भएको छ । उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको लिरिक्स तथा राज कुमार बगरको संगित रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad