Ad

कास्की २ मा विद्या भट्टराईको जीत - भनिन्, "रवीन्द्रको सपना पुरा गर्छु"

कास्की २ मा विद्या भट्टराईको जीत - भनिन्, "रवीन्द्रको सपना पुरा गर्छु"

काठमाडौँ । कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्।

शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन्। विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन्।

विजयी भएपछी भट्टराईले यो जीत रविन्द्र अधिकारीको जीत भएको भन्दै अब आफूले रवीन्द्र अधिकारीको सपना पूरा गर्ने पनि बताएकी छन्। ‘यो जीत काँस्केली जनताको, सम्पूर्ण न्यायपूर्ण जनताको र रवीन्द्र अधिकारीको जीत हो’, उनले जीतपछि भनिन्, ‘म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु।’

विद्याले विजयीपछि सबैलाई धन्यवाद ज्ञापन पनि गरिन् । ‘म पूर्वाधार विकास, सामाजिक न्यायका कुराहरु, नीति निर्माणका कुराहरु अघि बढाउने छु। पोखरालाई पर्यटकीय राजधानी बनाउने काम गर्नेछु, समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न चाहन्छु, म रवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु, यो रवीन्द्र अधिकारीको जीत हो,’ उनले थपिन्।

कास्की २ बाट निर्वाचित सांसद तथा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन भएको हो। अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो। भट्टराई अधिकारीकी पत्नी हुन्। विद्यार्थी राजनीतिबाट अलग्गिएपछि लामो समय प्राध्यापन पेशामा संलग्न रहकी भट्टराई अधिकारीको निधनपछि पुन राजनीतिमा सक्रिय भएकी हुन्।

Ad

सम्बन्धित समाचारहरु

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने बताएका छन । मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए।

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक एसपी र २१ प्रहरी नायब उपरीक्षक डिएसपीको काज सरुवा गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस