बाहुनी र लिम्बुको अन्तरजातीय विद्रोह

बाहुनी र लिम्बुको अन्तरजातीय विद्रोह


काठमाडौँ । घाँस काट्ने बहानामा डोको बोकेर आइन् शारदा, दीपकलाई भेट्न। जिन्दगीकै एक महत्वपूर्ण निर्णयमा कुरा गर्नु थियो।

शारदा पोखरेल (बाहुन) र दीपक आङ्देम्बे (लिम्बु)को प्रेम चलेको केही वर्ष भएको थियो। शारदा र दीपकको घर (हालको पाँचथर, फाल्गुनन्द गापा– १, साबिकको नवमीडाँडा– ७) २० मिनेट दूरीको फरकमा थियो। मेलापात, दाउरा–घाँस गर्दा, बाटोबीचमा देखभेट हुँदा यी दुई एकअर्काको प्रेममा परेका थिए। उनीहरुको प्रेम गुपचुप चलिरहेको थियो। एक्कासि शारदाको परिवारले शारदाको बिहे छिनिदियो, अर्कै केटासँग।

२०५७ फाल्गुन १९ गते बिहे हुने कुरा फागुन ७ गते नै छिनिएको थियो, बिहे हुन १२ दिन बाँकी थियो। बिहे छिनिएको थाहा पाएलगत्तै दीपकले भेट्न आउनका लागि शारदालाई खबर पठाएका थिए।

त्यो भेटमा लामो कुराकानी भयो। आफूहरूको मायापिरती कुनै आवेश, उन्माद वा पलभरको रमाइलो मात्र नभएर आत्मनिर्णय हो भन्नेमा दुवै स्पष्ट थिए। प्रेम छँदै थियो, मात्र निर्णय बाँकी थियो। त्यतिबेला समाजमा चर्को जातीय विभेद थियो। बाहुनकी छोरी र लिम्बुको छोराको मागी विवाह सम्भवै थिएन। त्यसैले उनीहरू केही समयका लागि समाजबाट भाग्नैपथ्र्यो। त्यतिबेला दीपक २२ र शारदा २० की थिइन्। आफ्नो प्रेमलाई मूर्त रूप दिने निर्णय लिन उनीहरू सक्षम थिए।
दीपकले प्रस्ताव गरे– भागेर बिहे गरौँ।

शारदाले सहजै स्विकारिन्। त्यतिबेला उनी फिदिम बसेर पाँचथर बहुमुखी क्याम्पसमा पढ्थिन्। उनले घर–परिवारलाई भनिन्, ‘दुई–चार दिनका लागि भए पनि फिदिम जान्छु र पढ्छु।’

परिवारले उनलाई बिदा दियो। उनी फिदिम गइन्। यता, दीपक पनि एकजना साथी लिएर सुटुक्क फिदिम पुगे। अहिलेजस्तो सडक थिएन, हिँडेर जानुपथ्र्यो। फागनु १० गते फिदिममा भेटिएर उनीहरू काठमाडौंतिर लागे। यसरी यिनीहरूको अनौपचारिक बिहे भयो, समाज र परिवारले स्विकारेर यो बिहेले औपचारिकता पाउन भने केही समय लाग्यो।

अहिले यो जोडीले फिदिम– २ पल्लोटारमा इँटा उद्योग लगायतका व्यवसाय चलाएको छ। मंगलबार दिउँसो त्यहीँ भेटिएका यी जोडीले दुई दशक अघिको आफूहरूको प्रेमकथा सम्झिए। पुराना दिन सम्झँदै उनीहरू दुवै घरी हाँस्थे, घरी एकअर्कालाई जिस्क्याउँथे त घरी गम्भीर हुन्थे।

‘कति कुरा बिर्सिइयो। कति कुरा सम्झिएर पनि काम छैन। बाहुनकी छोरीले लिम्बुको छोरासँग भागेर बिहे गर्न सजिलो थिएन,’ शारदा भन्छिन्, ‘बिहे गरेको आज १९ वर्ष भयो। नानीहरू हुर्किसके। तर, त्यो समाजले गरेको व्यवहार अझै ताजा छ।’ नागरिक न्युजमा गिरिराज बाँस्कोटाले यो फिचर लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बुढी आमाले कपडामा दिशा गरेपछि छोराले घाँटी अठ्याएर मारे

स्याङजा । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।

आजको मौसम सम्बन्धी जानकारीः वर्षा, हिमपात र हावाहुरीको पनि सम्भावना

काठमाडौं । शुक्रबार बिहान नेपालमा पश्चिमी निम्न चापिए प्रणालीको प्रभाबका कारण देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहेको छ। काठमााडौंको आकाशमा धुम्म तुवालो लागेको छ । हिजो दिनभर नखुलेको आकाश आज पनि खुल्ने सम्भावना कम छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

Ad

प्रतिक्रिया दिनुहोस