बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ । उपचारको बहनामा अस्पतालमा आरम गरिरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्दा अनुयायीले अवरोध पुर्याउन सक्ने भन्दै बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको सुनसरी प्रहरीले जनाएको छ । बलात्कार आरोप लागे पछि गिरी हृदयघात भएको भन्दै आइतबारदेखि विराट नर्सिङ होममा भर्ना भएका थिए ।
विराट अस्पतालका चिकित्सकका अनुसार, उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो । हेलचेक्रयाइँ गर्दा थप जटिलता आउने भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको र अहिले सुधार आएको चिकित्सकको भनाइ छ । पक्राउ लगतै उनलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१७९औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १०औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
स्याङजा । आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।