‘आमा ! यो शहरमा आफ्नै सास बेचेर आफै बाच्नु पर्ने रहेछ’

‘आमा ! यो शहरमा आफ्नै सास बेचेर आफै बाच्नु पर्ने रहेछ’

आज एउटा लेख लेख्न मन लाग्यो खै कता बाट सुरुवात गरौ शब्दहरुमा बयान गर्ने मन लाग्यो । म पनि विकट खोटाङको एउटा शहरमा जन्मेको मान्छे मेरो पनि एउटा सपना थियोे काठमाडौं शहर कस्तो छ । यहाँ बस्ने मान्छे कस्तो होलान । यहाँ त परापुर्वक काल देखिन एउटा सुन्दर शहरको रुपमा बयान गरिएको शहर थियोे मलाई पनि लाग्थ्यो यहाँका मान्छे सुखी अनि खुशी छन् । हो मनमा यहीँ प्रश्न आईरहन्थ्यो अनि सोचे म पनि काठमाडौं जान्छु ।

यहाँ बाट जे गर्न पनि सजिलोसँग सकिन्छ यहीँबाट सपना पूरा गर्न अत्यन्तै छिटो छरितो हुन्छ हो म पनि यहीँ सोच्ने गर्द थिए । आज लाग्दैछ होइन यहाँका मान्छे एकदमै दुखि छन् । यहाँको बस्ती नजिकै नजिकै टासिंएको छन् । मनहरु पहाडका घरहरू जस्तै टाढा टाढा रहेछन् । पहाडका घरहरू टाढा टाढा छन् तर त्यहाँ मन अत्यन्तै नजिक नजिक छन् । हो आमा साच्चै यो शहरमा त पानी पनि किनेर खानु पर्छ । अनि २० रुपैयाँमा किनेको पानीले झण्डै पाँच पटक पिसाब लाग्छ त्यसको २५ रुपैया तिर्नु पर्छ । हो आमा यहाँका मान्छे त मल्टिपल सपना बोकेर बसेका रहेछन् ।

मैले देखे केही मान्छे बाँच्नका लागि खादा रहेछन् । र केही मान्छे खानाका लागि बाँचेका रहेछन् हो यस्तै लाग्यो यो शहर यहाँ सबैको आफ्नै पिडा छन् । कसैलाई साउले कराई रहेको छ । कसैलाई साउले कसैलाई बेचिरहेको छ । कोहि अन्तिम सासका लागि छट्पटी गरिरहेका छन् हो आमा यो शहर यस्तै छ । अनेकौं सपनाको भारी बोकेर प्रत्येक दिन भित्रिने यो काठमाडौं शहर यस्तै लाग्यो आमा यो शहर मेरो पनि मनमा अनुउत्तरित प्रश्न छन् ।

यो करोडौंको भिडमा कता कता हराइरहेको छु । तर पनि एक दिन यो भिड छिचोल्दै निस्कने आशामा छु । हो आमा मेरो पनि करोडौं बीचमा मल्टिपल सपना छ । ७७ जिल्लाका मानिस जब भेट्छु । कोहि छोरा भेट्न आउने घण्टौ कुरि बस्ने कोहि छोरी भेट्न आउने छन् आमा तर मलाई भेट्न आउने कोहि छैन । हो आमा म पनि धुवा धुलो भिडभाड सबै छिचोल्दै अगाडि बढिरहेको छु । मेरो पनि यो शहरमा मल्टिपल सपनाको भारी छु । यहाँ त खुशी उर्जा बेचेर आफै बाँच्नु पर्ने रहेछ । हो आमा यो शहरमा आफ्नै सास बेचेर आफै बाच्नु पर्ने रहेछ ।आमा म पनि विस्तारै सिक्दै छु ।

(लेखक चित्र कुमार कार्की उल्टो मोटरसाइकल चलाएर विश्व कृतिमान राख्न सफल व्याक्तित्व हुन ।)

Ad

सम्बन्धित समाचारहरु

उचित न्याय

उचित न्याय

संताेष कार्की (माैसुफ) । एक पटक बेइजिङ शहरमा महिलाको बलात्कार भयो यो समाचार सुनेपछि नेकपा क्रान्तिकारी अध्यक्ष माओत्सेतुङ पीडित महिला हुने ठाउँ सम्म आफै गए र भेट गरे !

'संस्कार '

'संस्कार '

करिब १० बर्षको बालक एउटा घरको गेटमा आएर घण्टी बजाउछ ! घर मालिक्नी बाहिर आएर भन्छिन किन के चाहियो ? बालक - आँन्टी, म तपाईंको बगैंचा सफा गर्दिम ! मालिक्नी - भयो साना बालबालिकालाई काम लगाउन चाहदैनौ, ! बालक - हात जोड्दै दयनीय स्वरमा -- आन्टी प्लिज काम दिनुहोस् न म राम्रोसँग काम गर्छु ! मालिक्नी - प्रफुल्ल हुँदै ल ठिक छ ! यति काम गरेको कति ज्याला लिन्छौं ! बालक- पैसा हैन आन्टी मलाई खाना दिनुहोस् ! खाना ! घर मालिक्नी - oh.. जाऊ पहिला राम्रोसँग काम गर ! लाग्छ बिचरा भोकै छ पहिला खाना दिनुपर्‍यो भन्दै मालिक्नी भान्छाकोठा तिर फतफताउदै पसिन ! घर मालिक्नी - ए बाबू पहिला खाना खा त्यसपछि काम गर्नु ! बालक - हैन आन्टी पहिला काम गर्छु , त्यसपछि तपाईंले मलाई खाना दिनु ! मालिक्नी - ठिक छ !भन्दै आफ्नो काम गर्न थालिन !बालक - एक घन्टापछि आन्टी हेर्नुस् त सफाइ राम्रोसँग भयो कि भएन ! मालिक्नी - अरे वाह ! तिमिले त धेरै राम्रोसँग सफाइ गरेछौं ! छरपस्ट गमलाहरु मिलाएर राखेछौ पानी पनि भरेछौ ! यता बस म खाना ल्याउछु , मालिक्नी ले खाना ल्याए लगत्तै बच्चाले गोजिबाट पलास्टिग निकालेर त्यसमा खाना लगाउन थाल्यो !

Ad

प्रतिक्रिया दिनुहोस