Namaste Icon
Ad
Ad

दोलखाको कालिन्चोक भगवती देवी, जे माग्यो त्यहि पुर्याईदिने जनविश्वास

दोलखाको कालिन्चोक भगवती देवी, जे माग्यो त्यहि पुर्याईदिने जनविश्वास

काठमाडौँ । कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर १े को उचाईमा छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। १े जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

कालिन्चोक शान्त प्रस्ट बर्तौलासंग कालिन्चोक देवी माताको बारेमा गरिएको कुराकानी हेर्नुहोस । https://youtu.be/jV_J3TF_ofo

 

Ad

सम्बन्धित समाचारहरु

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

चित्रकुमार कार्की, काठमाडौं । सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो । नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरेको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमाणपत्र पत्र सहित सम्मान गरिएको हो ।

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad