Namaste Icon
Ad
Ad

अन्तर्राष्ट्रिय वादो कराँते प्रतियोगितामा नेपाल पहिलो

अन्तर्राष्ट्रिय वादो कराँते प्रतियोगितामा नेपाल पहिलो

काठमाडौँ । मित्र राष्ट्र भारतकाे हरियाणामा सम्पन्न अन्तर्राष्ट्रिय वादो कराते प्रतियोगितामा नेपाली कराते टिम २६ स्वर्ण ३ रजत र ४ कास्य सहित टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी भारत दोस्रो बंगलादेश तेस्रो भएको छ।

यही नाेभेम्बर २९ देखि डिसेम्बर १ सम्म वादाे रियो कराते डाे फेडेरेसन वादाे जुकुकाे आयाेजनामा भएको उक्त अन्तरास्ट्रिय कराते प्रतियोगितामा नेपाल भार बंगलादेश का विभिन्न ताैल ईभेन्ट्स महिला र पुरुष खेलाडीहरु सहभागिता रहेको थियोे भने नेपालबाट ३९ जना खेलाडीहरुकाे सहभागिता रहेको थियाे । प्रतियोगितामा वादाे करातेकाे जापानबाट आएका १० डान गुरु याेशीहिकाे ईवाशाकी बाट नेपाली टाेलीका सिनियर खेलाडीहरुलाई टेक्निकल सेमिनार समेत गरिएको थियो । उक्त सेमिनारमा जापानिज गुरुले नेपालमा वादाे स्टाईलकाे कराते खेलकाे विकासकाे लागि ट्रेडिशनल वादाे कराते शैली सम्बन्धि विशेष खालकाे प्रशिक्षण नेपाली प्रशिक्षकहरुलाई दिएको नेपाली टाेलीका टिम काेच चिन लामाले बताए ।

प्रतियोगितामा सहभागी आई डब्लु एफ् एन कराते डाे संघ सँग आबद्ध खेलाडीहरुकाे नेतृत्व उक्त कराते संघका प्रमुख प्रशिक्षक बुद्ध राज नेगीले गरेका थिए । प्रतियोगितामा नेपाली टाेलीकाे व्यवस्थापकमा उक्त करातेकाे केन्द्रीय सचिव सुमन लामा र काठमाडौं जिल्ला समिति अध्यक्ष शंकरदेव लामा थिए भने रेफ्रीहरुमा संजय लामा, सुमन लामा, ज्ञान बहादुर थापामगर र प्रविण स्याङ्गतान रहेका टिम काेच तथा उक्त करातेकाे केन्द्रीय टेक्निकल समितिका अध्यक्ष लामाले बताए ।

Ad

सम्बन्धित समाचारहरु

करातेमा नेपाललाई १० पदक

करातेमा नेपाललाई १० पदक

काठमाडौं । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन÷तीन रजत र कास्य पदक जितेको हो ।

साफ च्याम्पियनसिप अर्को वर्ष

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad