Namaste Icon
Ad
Ad

कास्कीमा १९ उम्मेदवारको जमानत जफत, कसले कति मत पाए ?

कास्कीमा १९ उम्मेदवारको जमानत जफत, कसले कति मत पाए ?

काठमाडौं । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या ६ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनिहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाएका छन् ।

राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सो दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गरे ।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा (माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, काँग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाएका छन् ।

स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत ल्याए ।

Ad

सम्बन्धित समाचारहरु

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

राजपाले  नेपालको नक्सालाई बैधानिकता दिने संविधान संशोधनको पक्षमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ । तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म त्यो संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad