'संस्कार '

'संस्कार '

करिब १० बर्षको बालक एउटा घरको गेटमा आएर घण्टी बजाउछ !
घर मालिक्नी बाहिर आएर भन्छिन किन के चाहियो ?

बालक - आँन्टी, म तपाईंको बगैंचा सफा गर्दिम !
मालिक्नी - भयो साना बालबालिकालाई काम लगाउन चाहदैनौ, !
बालक - हात जोड्दै दयनीय स्वरमा -- आन्टी प्लिज काम दिनुहोस् न म राम्रोसँग काम गर्छु !

मालिक्नी - प्रफुल्ल हुँदै ल ठिक छ ! यति काम गरेको कति ज्याला लिन्छौं !
बालक- पैसा हैन आन्टी मलाई खाना दिनुहोस् ! खाना !

घर मालिक्नी - oh.. जाऊ पहिला राम्रोसँग काम गर !
लाग्छ बिचरा भोकै छ पहिला खाना दिनुपर्‍यो भन्दै मालिक्नी भान्छाकोठा तिर फतफताउदै पसिन !

घर मालिक्नी - ए बाबू पहिला खाना खा त्यसपछि काम गर्नु !
बालक - हैन आन्टी पहिला काम गर्छु , त्यसपछि तपाईंले मलाई खाना दिनु !
मालिक्नी - ठिक छ !भन्दै आफ्नो काम गर्न थालिन !

बालक - एक घन्टापछि आन्टी हेर्नुस् त सफाइ राम्रोसँग भयो कि भएन !
मालिक्नी - अरे वाह !
तिमिले त धेरै राम्रोसँग सफाइ गरेछौं ! छरपस्ट गमलाहरु मिलाएर राखेछौ पानी पनि भरेछौ ! यता बस म खाना ल्याउछु , मालिक्नी ले खाना ल्याए लगत्तै बच्चाले गोजिबाट पलास्टिग निकालेर त्यसमा खाना लगाउन थाल्यो !


मालिक्नी - भोकै काम गरेका छौ अब खाना त यहीँ बसेर खाऊ ! खाना अरुपनी चाहिए थपिपनी दिन्छु !

बालक - हैन आन्टी , मेरो बिमारी आमा घरमा हुनुहुन्छ ! सरकारी अस्पतालबाट दबाइ त ल्याए , तर डाक्टर साभले भन्नुभएको छ दबाई खाली पेट खानु हुँदैन भनेर !

मालिक्नी - रुन थालिन् र आफ्नो हातबाट निर्दोष बालकलाई दोस्रो आमा झै गरि खाना खुवाउन थालिन !
त्यसपछि - आमाको लागि तातो खाना बनाइ बालकको घर गएर उसको आमालाई खाना दिदै भनिन् - दिदी तपाई धेरै धनी हुनुहुन्छ जो तपाईंले आफ्नो छोरालाई दिएको संस्कार छ !
हामीले आफ्नो सन्तानलाई दिन सकिरहेका छैनौं !!

 

-संताेष कार्की माैसुफ 

 

Ad

सम्बन्धित समाचारहरु

उचित न्याय

उचित न्याय

संताेष कार्की (माैसुफ) । एक पटक बेइजिङ शहरमा महिलाको बलात्कार भयो यो समाचार सुनेपछि नेकपा क्रान्तिकारी अध्यक्ष माओत्सेतुङ पीडित महिला हुने ठाउँ सम्म आफै गए र भेट गरे !

‘आमा ! यो शहरमा आफ्नै सास बेचेर आफै बाच्नु पर्ने रहेछ’

‘आमा ! यो शहरमा आफ्नै सास बेचेर आफै बाच्नु पर्ने रहेछ’

आज एउटा लेख लेख्न मन लाग्यो खै कता बाट सुरुवात गरौ शब्दहरुमा बयान गर्ने मन लाग्यो । म पनि विकट खोटाङको एउटा शहरमा जन्मेको मान्छे मेरो पनि एउटा सपना थियोे काठमाडौं शहर कस्तो छ । यहाँ बस्ने मान्छे कस्तो होलान । यहाँ त परापुर्वक काल देखिन एउटा सुन्दर शहरको रुपमा बयान गरिएको शहर थियोे मलाई पनि लाग्थ्यो यहाँका मान्छे सुखी अनि खुशी छन् । हो मनमा यहीँ प्रश्न आईरहन्थ्यो अनि सोचे म पनि काठमाडौं जान्छु ।

Ad

प्रतिक्रिया दिनुहोस