Namaste Icon
Ad
Ad

लालकिल्ला मानिएको धरानमा कांग्रेसका तिलक राई विजयी

लालकिल्ला मानिएको धरानमा कांग्रेसका तिलक राई विजयी

सुनसरी । धरान उपमहानगरको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्। २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो।

मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९।४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए।

अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत पाएका हुन्। मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए। साविक चुनावमा वामपन्‍थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।

Ad

सम्बन्धित समाचारहरु

अयोध्या र भगवान रामप्रति ओलीको अभिव्यक्तिप्रति बामदेवले मुख फोरे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारतको अयोध्या नेपालमै रहेको र भगवान राम नेपाली हुन् भन्ने अभिव्यक्तिप्रति मुख खोलेका छन्। सामाजिक संजालमार्फत्मुख खोल्दै गौतमले ओलीलाई यो विषयमा नबोल्न आफूले दुई वर्ष अघिनै सुझाव दिएको खुलासा गरे।

ओली -प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै

ओली -प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै

काठमाडौँ। प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad