१३औं सागमा नेपालले जित्यो आठ स्वर्ण

१३औं सागमा नेपालले जित्यो आठ स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आठ स्वर्ण पदक जितेको छ । लक्ष्मण तमाङले ५५ केजी तौल अन्तर्गत भएको कराँते खेलमा स्वर्ण पदक जित्दै नेपाललाई थप एक स्वर्ण पदक दिलाएका हुन् । कराँते खेलमा नेपालको यो चौथो स्वर्ण पदक हो । त्यस्तै तेक्वान्दो पुम्सेतर्फको खेलमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

२३ देखि २९ वर्ष उमेर समुहको खेलमा गुरुङले थप एक स्वर्ण पदक जितेकी हुन् । त्यस्तै तेक्वान्दो पुम्सेतर्फको २९ वर्ष भन्दा माथि उमेर समुहमा आयुसा शाक्यले स्वर्ण पदक जितेकी छिन् । उनको जितसँगै नेपालको खातामा आठ स्वर्ण पदक पुगेको छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रधानसेनापति महिला फुटबल आइतबारदेखि

प्रधानसेनापति महिला फुटबल आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मंसिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौंमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशीकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘सागको सम्पूर्ण खर्च विवरण ९० दिनअघि नै सार्वजनिक गर्छु’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै पहिलो काम नै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराए । उनले भने,‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

Ad

प्रतिक्रिया दिनुहोस