Namaste Icon
Ad
Ad

पराजयको डरले जनमोर्चासँग आत्मसमर्पण गर्न पुग्यो नेकपाः कांग्रेस नेता साउद

पराजयको डरले जनमोर्चासँग आत्मसमर्पण गर्न पुग्यो नेकपाः कांग्रेस नेता साउद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे । उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह्रास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ।’ आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोपनि उनले सुनाए । उनले भने,‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’

यद्धपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ । उनले भने,‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’ त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परीणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भिर ह«ास हो ।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ ।

काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको विश्लेषण छ । उनले भने,‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परीणाम आएको हुनसक्दछ । किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए । त्यही भएर सहानुभुति भोट आयो ।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ ।

Ad

सम्बन्धित समाचारहरु

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

राजपाले  नेपालको नक्सालाई बैधानिकता दिने संविधान संशोधनको पक्षमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ । तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म त्यो संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad