युवकको कानमा साङ्लेकीराले गुड बनाएपछि.....

युवकको कानमा साङ्लेकीराले गुड बनाएपछि.....

एजेन्सि । हाम्रो शरीरको सम्बेदनशील अङ्ग मध्ये एक कान पनि हो। कानमा केहि चिज परिहाले पनि मानिसलाई अत्यन्तै असहज हुने गर्दछ। कुनै कुनै बेला अचानक किराहरु छिरेर धेरै पिडा हुने समेत हुन्छ । तर एउटा यस्तो व्यक्ति जसको कानमा किराले गुड बनाउदा समेत केहि पत्ता पाएनन् । २४ वर्षिय युवकको कानमा साङ्लो किराले गुड बनाउदा सम्म पनि केहि पत्तो पाउन सकेनन ।

साङ्लेकिराले कानमा बास बनाएको युवकलाई कुनै पत्तो नै भएन । कान बेसरी दुख्न थालेपछि कसैलाई लाइट बालेर हेर्न लगाए र बल्ल थाहा भयो उक्त किराले भित्र नै घर बनाएर बसेको रहेछ । यो थाहा पाएर ती युवा स्तव्ध भए ।

आफुलाई बेस्सरी दुखेको र भित्र भित्रै केहि चलेको जस्तो लागेको स्थानिय डाक्टरलाई बताएपछि भित्र हेर्दा त १० भन्दा बढि साङ्लेकिराको बच्चा र साङ्लेकिराको एउटा माऊ पनि भेटियो । ती डाक्टरले सबै किरा निकालिदिए । युवकलाई भने खानेकुरा ओछ्यानमा बसेर नखानु र नराख्नु, यसरी राख्दा यस्ता समस्या आउँने गर्छ । ती युवकलाई त्यो किरा कहिले र कसरी आयो थाहा नै भएन ।

Ad

सम्बन्धित समाचारहरु

आज धान्यपूर्णिमा - योमरी पुन्ही, कुलपूजा र ज्यापू दिवस मनाइँदै

हेमराज भट्टराई ‘शास्त्री’,काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई एटिए इन्ड्रष्ट्रियलमा काम गर्ने नेपालीद्धारा सहयोग

मलेसिया । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागी मलेसियाको जोहोर बारु स्थित एटिए इन्ड्रष्ट्रियल कम्पनीमा कार्यरत नेपालीहरुले ८६ हजार १ सय २३ रुपैंया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस