सिस्नो खादा हुन्छन यस्ता फाइदा

सिस्नो खादा हुन्छन यस्ता फाइदा

काठमाडौं । सिस्नो गाउँघरमा सजिलै पाइन्छ । सिस्नो एक प्रकारको झार वा हरियो साग हो । सिस्नोलाई तरकारीका रुपमा खान सकिन्छ । सिस्नो एउटा साग मात्र नभएर यसलाई आर्युवेदिक औषधीको रुपमा लिइन्छ । यो आर्युवेदिक गुण भएको साग हो । जसलाई हामीले दैनिक खानाको रुपमा प्रयोग गर्न सक्छौ । सिस्नो खानु शरीरका लागि धेरै फाइदाजनक हुन्छ ।

सामान्यतया यसलाई पकाएर तरकारीको रुपमा पनि खाने गरिए पनि मानव स्वास्थ्यमा पुर्याउने फाइदाबारे धेरैलाई जानकारी छैन । सिस्नोलाई सुकाएर धुलो बनाएर त्यसको सुपका रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको धुलोलाई चियाको बनाएर पनि पिउन सकिन्छ । सिस्नुले स्वास्थ्यमा पुर्याउने केही फाइदाहरुलाई तल चर्चा गरिएको छ ।

  • १ सिस्नोले रक्त अल्पता कम गर्ने, कमजोरी हटाउने, शरीरका विभिन्न अंगमा हुने दुखाईलाई कम गर्ने, हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका घाउ खटिरालाई हटाउने गर्छ ।
  • २ पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नो सहयोगीसिद्ध हुन्छ ।
  • ३ सिस्नोले पेटमा भएको बच्चालाई स्वस्थ र निरोगी बनाउँने,गर्छ । यसमा आईरनको मात्रा पर्यााप्त मात्रामा हुने भएकाले महिलाका लागी फाइदाजनक हुन्छ ।
  • ४ दैनिक रुपमा सिस्नोको सेवन गर्नाले कपाल झर्ने समस्या र छाला सम्बन्भि बिबिन्न रोगका लागि उपयोगी हुन्छ ।
  • ५ सिस्नोमा भिटामीन, मिनरल, बेटा, करोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क तत्व हुने भएकाले यसले शरीरमा रोगप्रतिरोधाम्क शक्ति बढाउन सहयोग गर्नुका साथै सिस्नोको फूल सेवन गरेमा वर्षायाममा आउने ज्वरोबाट छुटकारा पाईन्छ ।
  • ६ विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि यो निकै नै फाइदाजनक हुने गर्दछ । शरीरमा एलर्जी हुनेहरूका लागि पनि सिस्नो धेरै लाभदायि हुने गर्दछ ।
Ad

सम्बन्धित समाचारहरु

दाङको पहाडी भेगमा टिमुर र सुगन्धको मालागेडी खेती

दाङको पहाडी भेगमा टिमुर र सुगन्धको मालागेडी खेती

दाङ । जिल्लाको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर वर्ष’ का रुपमा सुरु गरेको छ । यो कार्यक्रम अन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन सुरु गरिएको छ ।

बाख्रापालनलाई प्रवद्र्धन गर्दै ३ नं प्रदेश

बाख्रापालनलाई प्रवद्र्धन गर्दै ३ नं प्रदेश

हेटौंडा । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भने, ‘उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुआत गर्न लागिएको हो ।’

Ad

प्रतिक्रिया दिनुहोस