चर्चामा पूर्व अधिकारजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी

चर्चामा पूर्व अधिकारजकुमार  धिरेन्द्र शाहकी कान्छी छोरी

काठमाडौं । नेपालमा २४० वर्ष लामो शासन गरेका पूर्व शाह बंशहरु अहिले नेपालमा कमै मात्रै देख्न पाइन्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको परिवार बाहेक वीरेन्द्र शाहको बंश नाश गरियो तर अन्य व्यक्तिहरुका बारेमा कसैले चासो राख्ने गरेको पाइएको छैन । उनीहरुले नै बेला बेलामा नेपालबारे चासो व्यक्त गर्दै आएका छन् । पूर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ ।

राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरेका थिए । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइली श्रीमती जया पाण्डेको कोखबाट श्रेया शाहको जन्म भएको थियो ।

सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्न र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना सामाजिक संजालमा भाइरल भइरहेकी छिन् । युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन् । तौल बढेपछि दुब्लाउनका लागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् ।

उनले सामाजिक संजालमा सार्वजनिक गरेको तस्बिरहरु अहिले भाइरल भइरहेको छ । उनले आफुलाई साथिहरुसँग नेपाल आएर सहयोग गर्न मन लागेको भिडियोमा बताएकी छिन् । तपाईलाई जानकारी गराउँ अहिले उनी बेलायतमा बस्दै आएकी छिन् । उनलाई नेपालका बारेमा जानकारी भए पनि नेपाली भाषा भने बोल्न आउँदैन ।

राज परिवारका सदस्यहरु अहिले नेपालमा कमै मात्रामा रहेका छन् । नेपालमा भए पनि उनीहरुले आफ्नो पहिचान समाप्त गरेका छन् । नेपालबाट राजतन्त्र समाप्त भएसँगै धेरैको अस्तित्व संकटमा परेको हो । नेपालमा अहिले तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता पाउन समस्या भइरहेको छ । तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ बितीसक्यो तर उनले पाएकी छैनिन् ।

उनी ८ बर्षको उमेरमा नै नाबालक परीचय पत्रको आधारमा राहदानी बनाएर आमा जया पाण्डे शाहसँग अमेरीका पुगेकी थिइन् । अहिले उनलाई एमआरपी पासपोर्ट बनाउन नेपाली नागरीकता अनिवार्य भएको छ । उनी नेपालको तत्कालीन राज परीवारको सदस्य भएर पनि काठमाडौ महानगरपालिका ३ न वडा कार्यालयले सिफारीस नदिएको कारण नागरीकता पाउँनबाट बञ्चित भएकी छिन् । नेपालीको पहिचानमै जिउन आँफुले अमेरीकी नागरीकता समेत नलिएकी उनी अहिले बिदा मनाउन नेपाल आएपछि फर्किन पाएकी छैनन् । उता उनको कलेज सुरु भएको छ भने यता नागरीकता नपाउँदा मानसिक तनाव पनि सुरु छ ।

 

Ad

सम्बन्धित समाचारहरु

आज धान्यपूर्णिमा - योमरी पुन्ही, कुलपूजा र ज्यापू दिवस मनाइँदै

हेमराज भट्टराई ‘शास्त्री’,काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई एटिए इन्ड्रष्ट्रियलमा काम गर्ने नेपालीद्धारा सहयोग

मलेसिया । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागी मलेसियाको जोहोर बारु स्थित एटिए इन्ड्रष्ट्रियल कम्पनीमा कार्यरत नेपालीहरुले ८६ हजार १ सय २३ रुपैंया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस