Namaste Icon
Ad
Ad

४४ जना बाट शुरु भएको बचत समुह बन्यो ३२७३ सदस्यीय सहकारी

४४ जना बाट शुरु भएको बचत समुह  बन्यो ३२७३ सदस्यीय सहकारी

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामकृष्ण कार्कीको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका संचालक अम्बिका कुमारी थापा, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष करुणारत्न बज्राचार्य, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख सुनिल महर्जन, नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वैकुण्ठ प्रसाद गौतम, सहकारी संस्थाका कानुनी सल्लाहकार चोकबहादुर मगर , ब्यबसयी तथा समाजसेवी सलाहकार जनार्दन कृष्ण श्रेष्ठ एवं विभिन्न संघ–संस्था लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको संस्थाका उपाध्यक्ष सुनिल कुमार देवकोटाले बताए ।


संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ अभियन्ताहरु र जेष्ठ नागरिकहरुलाई दोसल्ला, चाँदीको सिक्का, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको थियो । जसमा उत्कृष्ट सदस्य एवं बचतकर्ताहरुमा अमित श्रेष्ठ, मान बहादुर बिश्वकर्मा, प्रविन शाही ,मनोरथ चौधरी, सम्मान गरियो भने संस्थाले सहकारीका उत्कृष्ट सदस्य जेष्ठ नागरिकहरु आशा राणा, सोम माया तामांग, नरमाया अधिकारी, लगायतलाई सम्मान गरेको थियो । त्यस्तै संस्थाले संस्था एकीकरणमा बिशेष योगदान दिने सदस्यहरु लक्ष्मी बानिया र महेश कुमार दाहाललाई पनि सम्मान गरेको छ ।
संस्थाले यसै गरि संस्थामा १० बर्ष योगदान गर्ने कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरेको छ ।


‘बचत त्याग बाट प्राप्त हुन्छ’ भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४९ साल भाद्र ७ गतेका दिन विधिवत रुपमा सहकारी ऐन २०४८ बमोजिम सहकारी विभागमा दर्ता भएको हो । संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वमा समेत विशेष चासो राख्दै आएको छ ।

संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ । ४४ जना बाट शुरु भएको बचत समुह हाल ३२७३ सदस्यहरुको साझा चौतारी बनेको छ । संस्थाले आफ्नो शेयर पूँजी रु ३१,४१४,२०० रुपैयाँ पुर्याएको छ । सदस्यहरु बाट निक्षेप संकलन ३०८,०६८,१७९ गरेको छ, भने सदस्यहरुलाई लगानी ४१५,१२२,१३७५ गरेको छ । चाहे अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन र आगामी दिनमा समेत सदस्यहरुको आर्थिक , सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध भएर लागि पर्ने र अझ भन्नु पर्दा जन्मदेखि मृत्युपर्यान्त सदस्य हितको लागि संस्था लागि पर्ने बताए । संस्थाको कार्यालय कुपन्डोल ज्वागल स्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिट्यान्स् लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालको समूहले उम्मेदवारी घोषणा गरेका छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालको समूहले आफनो उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवार घोषणा कार्यक्रमममा ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन ।

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad