‘झिंगे दाउ’ मा यस्ताे भूमिकामा आँचल

‘झिंगे दाउ’ मा यस्ताे  भूमिकामा आँचल

काठमाडौं । फिल्म ‘झिंगे दाउ’ बाट आँचलको लुक सार्वजनिक गरिएको छ । तस्वीरमा आँचललाई फरक लूकमा देख्न सकिन्छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा आँचल शर्मालाई फरक लूकमा प्रस्तुत गरिएको हो । फिल्मको छायांकन खोटाङको हलेसीमा भएको थियो । फिल्मको केही दृश्यको शूटिङ भकुण्डे बेसीमा खिचिएको छ । सार्वजनिक भएका तस्वीरमा आँचललाई बिल्कुलै फरक भूमिकामा देख्न सकिन्छ ।

प्रायः आँचललाई शहरीया युवतीको भूमिकामा देख्ने गरिन्थ्यो । डोको र हँसिया बोकेकी विवाहित महिलाको भूमिकामा आँचललाई देख्न सकिन्छ । फिल्ममा उनको जोडी मुकुन भुसालसँग जोडिएको छ । यस्तै फिल्ममा केकी अधिकारीको पनि शीर्ष भूमिका रहनेछ भने उनी पनि गाँउले महिलाको भूमिकामै देखिनेछिन् । फिल्मलाई निर्देशक देउजाले निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले कथा लेखेका हुन् । एक जुवाखालमा हुने घटनापछि घटित हुने कथानकलाई फिल्ममा देख्न सकिनेछ ।

 

Ad

सम्बन्धित समाचारहरु

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

पूजाको घर वरिपरि घुम्दै पल (भिडियो सहित)

काठमाडौं। ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । विहीबार फिल्मको गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको हो । फिल्मको मुख्य भूमिकामा रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहालाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा सन्दकपुर गाउँ, पानीटारको चियाबारी र इलाम लगायतका दृश्यहरु समावेस गरिएको छ ।

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

‘गलैचो गुन्द्रीमा’ रञ्जिता गुरुङ (भिडियो सहित)

काठमाडौं । गायिका शर्मिला कडेल र रोशन कुताल क्षेत्रीको लोक दोहोरि गीत ‘गलैचा गुन्द्रीमा’ सार्वजनिक भएको छ । शिव अखेलिको शब्द तथा गायक रोशन कुताल क्षेत्रीको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले छायाँकन गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस