Namaste Icon
Ad
Ad

सागमा नेपालको १५ स्वर्ण ( यी हुन् विजेताहरु )

सागमा नेपालको १५ स्वर्ण ( यी हुन् विजेताहरु )

काठमाडौं । नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ ।

कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् । तेक्वान्दोमा भेट्रान खेलाडी आयशा शाक्यले २९ वर्षमाथिको महिला एकल पुम्सेमा स्वर्ण जितेको दुई घन्टापछि मिक्स पुम्सेमा स्वर्ण जितिन् । तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।

कराँतेको ५० केजी कुमुतेमा अनु अधिकारीको प्रदर्शन सानदार रह्यो । उनले सेमिफाइनल र फाइनल दुवैमा नकआउट गरेर खेल जितिन् ।
कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद वाजलाई ६५ को अंकले पराजित गरेका हुन् ।

ट्रायथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्नेहरु
तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
ट्रायथलन
सोनिका गुरुङ

Ad

सम्बन्धित समाचारहरु

करातेमा नेपाललाई १० पदक

करातेमा नेपाललाई १० पदक

काठमाडौं । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन÷तीन रजत र कास्य पदक जितेको हो ।

साफ च्याम्पियनसिप अर्को वर्ष

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad