प्रधानमन्त्रीलाई थप उपचारको लागि अमेरिका लैजान छलफल

प्रधानमन्त्रीलाई थप उपचारको लागि अमेरिका लैजान छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सहित थप उपचारको लागि अमेरिका लैजानको लागि छलफल सुरु भएको छ । मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ। नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले अन्नपूर्णसँग भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए। ०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए।

Ad

सम्बन्धित समाचारहरु

देवीदेवताको श्रीसम्पत्ति खोज्दै सत्य विश्व भूमी पार्टी

काठमाडौं । सत्य विश्व भूमी पार्टी नेपाल घोषण गरिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्व भूमी भक्त गुरु होम बहादुर कार्कीको नेतृत्वमा उक्त पार्टीको घोषणा गरिएको हो । ‘सरकारले जनतामाथि लगाएको दोहोरो कर खारेजी’ गर्नुपर्ने मुख्य उद्देश्य राखेर आफूहरुले नयाँ पार्टी जन्माएको कार्कीले जानकारी दिए । त्यस्तै, अरवौं रुपैयाँको देवीदेवताको श्रीसम्पत्ति पनि आफ्नो पार्टीले खोजतलास गर्ने कार्कीले स्पष्ट पारे ।

चेतनाको कमिले उपभोक्ताहरु ठगिएः मन्त्री भट्ट

चेतनाको कमिले उपभोक्ताहरु ठगिएः मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस