# भर्खरै
Namaste Icon

अन्तराष्ट्रिय शक्ति केन्द्रसम्म सिद्धबाबाको सञ्जाल

अन्तराष्ट्रिय शक्ति केन्द्रसम्म सिद्धबाबाको सञ्जाल

इटहरी । बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति–केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउँथे। नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नसाथ आश्रममा पुग्थे।

गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैंसी पूजा गराए। दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई डाके। थुपै्रपटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए। अमर खड्काले आजको नागरिक दैनिकमा खबर लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

सिप्रेक नेपालको आयोजनामा चारदिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । प्रभाव मूल्यांकनका उदेश्य, विधि, चूनौती एवं निर्णय प्रकृया र यसको प्रयोग सम्वन्धि चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सो कार्यशाला गोष्टी राष्ट्रिय योजना आयोग, अमेरीकाको मिनेसोटा, टफट विश्वविद्यालय र नीतिगत अनुसन्धान परामर्श केन्द्र (सिप्रेक) नेपालको आयोजनामा भएको हो ।

शोकमग्न भुलभुले

शोकमग्न भुलभुले

धादिङ । एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका-२ भुलभुले गाउँ गुरुङ समुदायका ८० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन। गाउँ पूरै शोकमग्न छ । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा-टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्। आफन्त भेट्दा उनीहरू पनि भक्कानिन्छन्, मनिष दुवाडीले आजको अन्नपूर्ण पोस्टमा यो खबर लेखेका छन् ।।

Ad

प्रतिक्रिया दिनुहोस