# भर्खरै
Namaste Icon

आफ्नै बावुबाट बलात्कृत भएपछि, तीन दिदीबहिनीले गरे बावुको हत्या

आफ्नै बावुबाट बलात्कृत भएपछि, तीन दिदीबहिनीले गरे बावुको हत्या

एजेन्सी, मस्को । रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । अहिले उनीहरु १९, २० र २१ वर्षका भए ।

लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए । यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् ।

अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो । तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मृत्यु हुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन् ।

गर्भवती महिला अमेरिका जान नपाउने !

गर्भवती महिला अमेरिका जान नपाउने !

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलालाई अमेरिकी प्रवेशमा कडाइ गर्ने भएको छ । पछिल्लो समय बच्चा जन्माउनकै लागि अल्पविकसित मुलुकका महिला अमेरिका जान थालेपछि ट्रम्पले यस्तो कडाइ गर्न थालेका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस