Namaste Icon
Ad
Ad

चीनबाट आउन थाल्यो प्याज, भाउमा गिरावट

चीनबाट आउन थाल्यो प्याज, भाउमा गिरावट

काठमाडौं । दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँने खबर आजको राजधानी दैनिकले छापेको छ ।

Ad

सम्बन्धित समाचारहरु

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

नेपालमा देखा पर्यो लम्पी स्किन रोग, लम्पी स्किन सम्बन्धी एक जानकारी

काठमाडौं । नेपालमा लम्पी स्किन रोग देखा परेको छ । पशु सेवा विभागले एक पत्रकार सम्मेलन आयोजना गरि यसवारे जानकारी दिएको छ । विभागका महानिर्देशक डा वंशी शर्माद्धारा जारि प्रेस विज्ञप्तिमा लम्पी स्किन रोगबारे जानकारी दिइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad