Namaste Icon
Ad
Ad

ईमोमा २५ लाख रुपैयाँ लट्रि परेको फोन आएपछि....

ईमोमा २५ लाख रुपैयाँ लट्रि परेको फोन आएपछि....

बारा । समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका(८ बस्ने मुकेश साह तेलीलाई विहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका १५ की एक महिलालाई उक्त समाजिक संजालनमार्फत २५ लाख रुपैयाँ लट्रि चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरि, सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका ४ बस्ने २९ वर्षीय सुरज लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७२ भदौ ९ गतेको फैसलाले सरकारी कागज किर्ते मुद्दामा ११ महिना ४ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

चौरजहारी हत्याकाण्डः प्रहरीको अनुसन्धानमाथी संसदीय समितिको प्रश्नै प्रश्न

काठमाडौं । ‘सोती घटना छानविन संसदीय विशेष समिति’ ले रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सामुहिक हत्याकाण्डको मुख्य कारण जातीय विभेद भएको निष्कर्ष निकालेको छ । सोतीमा ६ युवाको मृत्य र १२ जना घाइते हुनेगरी भएको घटनाको एक महिना अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमा समितिले प्रहरीको अनुसन्धानमा समेत प्रश्नैप्रश्न खडा गरिदिएको छ ।

सोती घटनाको प्रतिवेदन सभामुखलाई बुझाइयो

सोती घटनाको प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर गत जेठ १० गते स्थानीय व्यक्तिहरुको साङ्घातिक आक्रमणमा परी नवराज विकसहित छ जनाको मृत्यु भएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad