# भर्खरै
Namaste Icon

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

प्रहरीमा ८ एसपी र २१ डिएसपीको सरुवा( को कहाँ पुगे )

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक एसपी र २१ प्रहरी नायब उपरीक्षक डिएसपीको काज सरुवा गरेको छ।

नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ।

यस्तै धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीले शुक्रबार नै २१ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ।

Ad

सम्बन्धित समाचारहरु

महायज्ञ उद्घाटन नै नगरी उपराष्ट्रपति काठमाडौँ फर्किए

काठमाडौँ । नारायणगढमा सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार त्यहाँ पुगेका थिए ।

विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिजद्वारा प्रशासनसमक्ष आत्मसमर्पण

माेरङ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस