# भर्खरै
Namaste Icon

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

पार्टीभित्रको अन्तरघात निर्मूल पार्छु - देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने बताएका छन । मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए।

कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्दै शनिबार देउवाले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, विद्रोही उम्मेदवार बन्ने र त्यसका प्रस्तावक, समर्थकलाई कारबाही गर्छु।’

पार्टीभित्र हुने अन्तरघातलाई हटाउन पनि त्यस्ता कार्यकर्तालाई कारबाही गर्नु आवश्यक रहेको उनले बताए। ‘अन्तरघातको खेल डरलाग्दो हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिले भविष्यमा दुस्ख दिन्छ। अहिले कारबाही गरेर जानुपर्छ।’

सो कार्यक्रममा सभापति देउवाले पाँच जना अपांगता भएकाहरूलाई ह्वील चियर र ४४ जना गरिब, जेहेन्दार विद्यार्थीलाई साइकल पनि हस्तान्तरण गरेका थिए।

Ad

सम्बन्धित समाचारहरु

विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिजद्वारा प्रशासनसमक्ष आत्मसमर्पण

माेरङ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गरेका छन् ।

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस