Namaste Icon
Ad
Ad

समस्या र चुनौतीसँग जुध्दै अगाडी बढ्दै

समस्या र चुनौतीसँग जुध्दै अगाडी बढ्दै

केशर विश्वकर्मा, काठमाडौं । सल्यानको छत्रेश्वरी गाँउपालिका १ (साविकको दमाहचौर गाविस ३) मा विस २०४० सालमा जन्मिएका भरत परियार नव उदायमान एक आशातित लोकदोहोरी कलाकार हुन् । गीत संगितमा अति रुची राख्ने परियार २०५९ सालमा राजधानी काठमाडौं भित्रिए । राजधानीमा विविध प्रकारका समस्यासँग पौंठेजोरी खेल्दै २०७० सालमा पहिलो पटक दिनेशबाबु परियारको शब्द तथा लय सृजनामा भरतले स्वर दिन सफल भए । हालसम्म आधा दर्जन गीतको हाराहारीमा स्वर दिएका उनले संगीतको पनि समान्य ज्ञान लिएका छन् ।

सांगीतिक क्षेत्रबाट मात्र जीवन निर्वाह गर्न नसक्ने अवस्था रहेको बताउँदै बिहान बेलुकाको समयलाई सदुपयोग गरेको परियारले भने । उनका अनुसार लगानी सुरक्षित गर्न सांगीतिक क्षेत्रमा अति गाह्रो देखिन्छ । परियारले भने ‘यस क्षेत्रमा लगानी सुुरक्षित छैन, त्यसैले खुलेर यसै क्षेत्रमा मात्र लाग्न सकिदैंन । राज्य तथा सरोकारवालाहरुले लगानीमैत्री वातावरण सांगितिक क्षेत्रमा बनाउन आवश्यक छ ।’ त्येस्तै, उनले भने आजभोली भ्युजका आधारमा यो गित राम्रो त्यो गित नराम्रो भन्ने चलन छ । त्यसो गर्नु ठीक होईन, किनकी सबै धेरै भ्युज गएका गीत राम्रा हुन्छन भन्ने हुँदैन । भ्युज नगएका गीत पनि राम्रा हुन सक्छन । कुन गीतले कस्तो खालको सन्देश दिन खोजेको छ त्यो बुझ्न दर्शक तथा श्रोतालाई आग्रह गरे ।

 

भरत परियार नेपाली लोकगीत संगीतको क्षेत्रमा उदाउदै गरेका नयाँ आशातित कलकार हुन । आफु यस क्षत्रका नयाँ कलाकार भएको र नयाँ हुदाँको पिडा सुनाँउदै उनि भन्छन् ‘सबै कुरा नयाँ राम्रो तर यो सांगीतिक दुनियाँमा भने नयाँ हुनु नराम्रो रहेछ । न त स्टेज कार्यक्रम पाईन्छ न त कुनै गीत गाउने अफर नै ।’ आजभोली बुस्ट गर्ने चलन पनि बढेको छ । त्यसको लागि पनि पैसा चाहिन्छ । हामीजस्ता नयाँ तथा आर्थिक स्थीति कमजोर भएको व्यक्तिलाई यो काम पनि समस्या नै हो उनले भने । धनराज वास्तविकको लय, शब्द तथा संगीतमा रहेको गीत ‘राप्ती–कर्णाली’ बाट उनी म्युजिक खबर अवार्ड र संगीत उद्योग संघको नोमिनेशनमा पनि पर्न सफल भएका थिए ।


नेपाली मौलिक लोक गीतसंगीतलाई माया गर्न दर्शक–श्रोतालाई भरत परियारको आग्रह छ । यस क्षेत्रमा कस्ता मान्छे खाँचो पर्छ भन्ने दर्पण दैनिकको प्रश्नमा उनि भन्छन पहिलो कुरा गीतसंगीतमा रुची राख्ने व्यक्ति हुनुप¥यो, दोस्रोमा गीतसंगीतलाई नजिकबाट अध्ययन गरेर यो क्षेत्रमा आउदाँ राम्रो हन्छ । यसरी लाग्दा यहाँबाट पलायन हुनुपर्ने दिन आउँदैन । २०७४ मा रेडियो मनास्लुबाट रेडियो मनास्लु अवार्ड प्राप्त गरेका भरत परियार अब राष्ट्रियता झल्किने खालका, गरीबीका, बेरोजगारी आदीका विषयमा गीतसंगीतका माध्यमबाट आवाज उठाउने तयारीमा छन ।

(गायक तथा सर्जक भरत परियारसँग कुराकानीमा आधारीत)

Ad

सम्बन्धित समाचारहरु

रिता केसीले ल्याईन 'बनको चरी बनैमा' (भिडियो सहित)

रिता केसीले ल्याईन  'बनको चरी बनैमा' (भिडियो सहित)

काठमाडौं । गायिका रिता केसीको नयाँ गीत 'बनको चरी बनैमा' सार्वजनिक भएको छ । उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको लिरिक्स तथा राज कुमार बगरको संगित रहेको छ ।

रहेनन् वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

रहेनन् वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

काठमाडौं। बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार बिहान निधन भएको छ । । उनी ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad