Namaste Icon
Ad

नेपाल आईडलबाट आउट भएपछि संगीतमा झन खारिदै साजन बराईली (भिडियो सहित)

नेपाल आईडलबाट आउट भएपछि संगीतमा झन खारिदै साजन बराईली  (भिडियो सहित)

केशर विश्वकर्मा, काठमाडौं । साजन बराईली संगीतमा भविष्य खोज्दै हिँडेका एक नव प्रतिभा हुन् । भोजपुरमा जन्मिएका बराईली हाल काठमाडौँमा क्लाशिकल म्युजिक सिकिरहेका छन् । उनका परिवार भने मोरङ्गको बेलबारीमा बस्दै आएका छन । मिठो स्वरका धनी बराईली शिव परियार, प्रमोद खरेल लगायत अग्रज कलाकारको फ्यान भएको बताउँछन । ज्वलरी पसलमा आवद्ध साजन बराईली काठमाडौँको बसाँई निकै कठिन हुदाँहुँदै पनि आफ्नो संगीतप्रतिको सपना पुरा गर्ने जमर्को गरिरहेका छन् ।

आफ्नो सांगीतिक यात्रालाई अघि बढाउन घरपरिवार र गूरुको पनि त्यतिकै साथसहयोग रहेको उनको भनाई छ । क्लाशिकल म्युजिक सिकिरहेका बराईली क्लाशिकलका प्राय सबै प्रकारका गीत गाउन सक्छन । उनि संगीतलाई आफ्नो शरीरको एक अंगका रुपमा रहेको महसुस गर्छन । नेपालमा चलिरहेका विभिन्न रियालिटी ‘शो’ मध्य साजन बराईली नेपाल आईडलको पहिलो सिजनमा समेत भाग लिईसकेका व्यक्ति हुन । बराईलीले अब छिट्टै आफ्नो गीत दर्शक–श्रोतासामु ल्याउने कोशिस गरिरहेका छन ।

 

 

Ad

सम्बन्धित समाचारहरु

रहरै रहरले गायिका बनिएछ, तर धेरै कुरा सिक्न बांकी छ – किसु गुरुङ

परदेशी हुन कसैलाई रहर हुदैन यो बाध्यता नै हो । हाल सम्म लाखौं नेपाली कामको खोजीमा परदेशी भएकाम छन । यस्तै लाखौं मध्येकी एक हुन सुमधुर स्वरकी धनी गायिका किसु गुरुङ । किसु गुरुङ गीत संगीतको क्षेत्रमा परिचित नाम हो । डेढ दर्जन गीतमा स्वर दिईसकेकी गायिका गुरुङ विगत लामो समय देखि ईजरायल बस्दै आएकी छन । परदेशको बसाई सँगै नेपाली भुमिलाई सम्झनामा राखि राख्न समय मिलाएर उनले गीत संगीतमा आफ्नो योगदान दिईराखेकी छन । नेपाली माटो सुहाउदो गीत संगितमा रुचि राख्ने गायिका गुरुङले विशेष गरि पूर्वेली भाकाका गीत अलि बढि गाएपनि उनका पश्चिमेली भाकाका गीत पनि बजारमा आएका छन । परदेशको बसाई नेपाली गीत संगीतप्रतिको माया लगायतका विषयमा दर्पण दैनिकले गायिका किसु गुरुङसँग गरेको कुराकानीः

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’

'महिनावारी भएको बेला पनि मन्दिर जान्थेँ’

सानै उमेरदेखि उद्धारवादी सोच राख्ने क्रिष्टिना श्रेष्ठले ‘फिलीप’ नामक उपन्यास बजारमा ल्याएकी छन् । उपन्यासमा श्रेष्ठले गरेको उद्धारवादी कार्यलाई समेटिएको छ । ‘फिलीप’ उपन्यास एक बेलायती नागरिक फिलीप ब्रायडली नेपालमा अलपत्र तथा बिरामी परेर बसेको अबस्थामा लेखक श्रेष्ठले उद्धार गरेको कहानीमा आधारित छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad