Namaste Icon
Ad
Ad

बर्दगोरियामा राहत शिक्षक समिति गठनः अध्यक्षमा खतिवडा

बर्दगोरियामा राहत शिक्षक समिति गठनः अध्यक्षमा खतिवडा

गोविन्द बीसी, बौनिया । सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरुको गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कार्यरत राहत शिक्षकको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

बौनिया स्थित बसन्त मुरारी माविमा मंगलबार भएको भेलाले इन्द्रराज खतिवडाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनु चौधरी, सचिवमा महेश डगौरा, कोषाध्यक्षमा लब्ली रावल र सहसचिवमा नेत्रराज जोशी रहेका छन् ।

त्यस्तै, सदस्यमा श्रीराम थारु, देवबहादुर मल्ल राजेश कठरिया र बिरबहादुर चौधरी रहेका छन् । नेपाल राहत शिक्षक समिति कैलालीका प्रतिनिधि नरबहादुर देउवाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल राहत शिक्षक समितिका केन्द्रीय सदस्य रंगप्रसाद तिमिल्सैना रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तिमिल्सैनाले राहत शिक्षकको समस्या समाधानका लागि राज्य संवेदनशिल हुनुपर्ने बताउदै राहत शिक्षकसंग भएका सम्झौता तत्काल कार्यन्वयन गरी बिगतमा शिक्षकहरुको पेसागत स्थायित्व गर्दा अपनाईएका नजिरहरुलाई आधार मानेर राहत शिक्षकको व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल राहत शिक्षक समिति लम्कीचुहाका पूर्वअध्यक्ष सज्जन ढकाल, उपाध्यक्ष राकेश हमाल, प्रभुनाथ रिमाल लगायतकाको उपस्थिति रहेको थियो ।

भेलाले आगामी पौष ५ गते केन्द्रीय समितिको सर्कुलर अनुसार कैलाली जिल्लाको धनगढीमा हुन गइरहेको अन्तरक्रिया तथा जिल्ला अधिवेशनलाई भब्यताका साथ सफल पार्ने समेत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष इन्द्रराज खतिवडाले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

ललितपुर। महालक्ष्मी नगरपालिका ८ लुभुको एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएका बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत लुभुका एक ल्याब टेक्निसियनको परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजिटिभ आएको हो ।

स्वर्गीय बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

माधव खनाल, अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवारले भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad