Namaste Icon
Ad
Ad

नीजिस्रोत शिक्षकको पेसागत वृत्ति बिकासमा ध्यान दिन जोड

नीजिस्रोत शिक्षकको पेसागत वृत्ति बिकासमा ध्यान दिन जोड

गोविन्द बीसी, बौनिया । नीजिस्रोत शिक्षकको पेसागत सुरक्षा र शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला पक्षबीच अन्तरक्रिया गरिएको छ । नीजिस्रोत शिक्षक समिति बर्दगोरियाले शनिबार कैलालीको बौनिया स्थित होटेल हाइवे प्लाजाको सेमिनार हलमा अन्तरक्रिया कार्यक्रम गरेको हो । सो अवसरमा सहभागीहरुले सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक, कर्मचारीको पेसागत सुरक्षा र सेवासुविधाका सवालमा ध्यान दिन आवश्यक रहेको बताए ।

वर्षौंसम्म विद्यालयमा कार्यरत रहदा नीजिस्रोत शिक्षकप्रति राज्यले विभेद गरेको भन्दै उनीहरूले दुखेसो गरे । उनीहरूले बिद्यालयको शैक्षिक सुधार, बिद्यालय अनुगमनको जिम्मेवारी, पेसागत तालिम, जनशक्ति ब्यवस्थापन, रेखदेखको अधिकार स्थानीय सरकार मातहतमा आएको भन्दै कसरी शिक्षा र निजिस्रोत शिक्षकको ब्यवस्थापन गर्न सकिन्छ ? स्थानीय सरकारले पहल कदम चाल्न आवश्यक भएको औंल्याए ।

कार्यक्रममा बोल्दै बालकन्या आधारभूत बिद्यालयका प्रअ भुमिप्रसाद शर्माले बिद्यालयको आर्थिक अभावका कारण नीजिस्रोत शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरे । दरबन्दी, राहत शिक्षकलाई तलब खुवाउदा नीजिस्रोतका शिक्षकहरुले समयमा तलब पाउनुहुदैन प्रशासनलाई समेत अप्ठ्यारो लाग्ने गरेको छ उनले भने । कार्यक्रममा बिद्यालय प्रअले पेसागत सुनिश्चितता र सुविधा नभएको भन्दै पिडा र चिन्ता बोकेर शिक्षकले काम गरिरहेको गुनासो गरे ।

नेपाल बिद्यालय कर्मचारी परिषद कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीले सामुदायिक बिद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक, कर्मचारीको सेवासुविधा र पेसागत सुरक्षाका सवालमा गाउँपालिकाले पहल चाल्नुपर्ने बताए । उनले न्यून पारिश्रमिकमा काम गर्दा शिक्षक, कर्मचारीको आत्मासम्मान र मनोबल कमजोर हुने अवस्था रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा गाउँपालिकाबाट तलब सुविधाको ब्यवस्था गर्न स्थानीय सरकारसंग आग्रह गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघ बर्दगोरिया अध्यक्ष भिमदत्त बिनाडीले नीजिस्रोत शिक्षकका विषयमा शिक्षक संघले यसअघि देखि नै आवाज उठाउदै आएको बताए । उनले नीजिस्रोत शिक्षक शब्द नै उपयुक्त नभएको बताउदै आगामी दिनमा बर्दगोरिया गाउँपालिका शिक्षकका रूपमा स्थापित गर्न पहल चाल्नुपर्नेमा जोड दिए । सरकारले माध्यमिक तहसम्म निशुल्क र अनिवार्य शिक्षाको अवधारणा ल्याएको भएपनि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको ब्यवस्थापन नहुँदा समस्या भएको बताए ।

त्यसैगरी, नेपाल शिक्षक महासंघ बर्दगोरिया अध्यक्ष उदयसिंह बीसीले नीजिस्रोत शिक्षकले उठाएका मागप्रति शिक्षक महासंघ सकारात्मक भएको र जायज मागलाई गाउँपालिकाले सम्बोधन गर्नुपर्ने बताए । विद्यार्थीको चाप र आर्थिक अभावका कारण चाहेर पनि कतिपय काम पूरा हुन नसकेकोे बताउँदै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकले पनि आफ्नो अधिकार र कर्तव्यको ख्याल गर्दै लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्षका तर्फबाट बसन्त मुरारी माविका अध्यक्ष टंक बहादुर कुँवरले सरकारले नै समस्या निम्त्याएको आरोप लगाए । शिक्षक ब्यवस्थापनको समस्या बिद्यालयको ब्यवस्थापन समितिका कारणले भएको होइन । उनले भने ‘राज्यले बिद्यालयको तहवृद्धि र कक्षा संचालनका लागि अनुमति दिने तर, शिक्षक दरबन्दीको ब्यवस्था नगर्दा यस्तो समस्या आएको हो ।’

विद्यार्थी संख्या अनुपातमा बिद्यालयमा शिक्षक दरबन्दी नभएकाले बिद्यालयले आन्तरिक स्रोत ब्यवस्थापन गरि तलब खुवाउनुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा महुन्याल माविकी अध्यक्ष धिरेन्द्रा जोशीले चुनावको समयमा ूसिंह दरबारको अधिकार गाउँगाउँमाू भनिएको तर, सर्वसाधारणले अहिलेसम्म त्यो कुराको महसुस गर्न समेत नपाएको बताइन् । उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा बढी जोड दिई लगानीको वातावरण सृजना गर्नुपर्ने बताइन् ।

विद्यालयको आर्थिक स्रोत अभावका कारण नीजिस्रोतका शिक्षकहरुलाई तलव खुवाउन कठिन भएको उनले गुनासो गरिन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष बलिराम डगौराले गाउँपालिका स्तरमा बुद्धिजीवी, शिक्षाबिद लगायत सम्बन्धित सबैसंग छलफल गरि आउदो आर्थिक वर्षमा बजेटको प्रवन्ध गरिने आश्वास्न दिए ।

गाउँपालिका अध्यक्ष डगौराले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, प्रगति र शिक्षाको गुणस्तर बढाउन बर्दगोरिया गाउँपालिकाले सक्दो पहल गर्ने बताएका थिए ।

उनले सामुदायिक विद्यालयको स्थिति सुधार्न के सहयोग गर्न सकिन्छ भनेर गाउँपालिकाले योजना बनाइरहेको हुँदा शिक्षकलाई थप जिम्मेवार भएर लाग्न आग्रह गरे । सामुदायिक बिद्यालयहरुमा धेरै समस्या रहेको र त्यसलाई क्रमश समाधान गर्न सम्बन्धित सबै पक्ष तन मनले लाग्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नीजिस्रोत शिक्षक समितिले गाउँपालिका शिक्षकको रूपमा घोषणा गरि ब्यवस्थापनको स्वामित्व लिन ३ बुदे माग राखी गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गरेको छ ।

कार्यक्रममा वडा नम्बर(२ का वडाध्यक्ष भिखु चौधरी, ३ का वडाध्यक्ष कर्ण सुनार, ५ की वडाध्यक्ष श्यामकुमारी चौधरी, नेपाल शिक्षक संगठनका प्रतिनिधि लिलाराम बिश्वकर्मा, जगदम्बिके भगवती माविका प्रअ नेत्र बहादुर खड्का, मावि कोटातुल्सीपुरका बिब्यस अध्यक्ष बम बहादुर बम लगायतले मन्तव्य राखेका थिए ।

नीजिस्रोत शिक्षक समिति बर्दगोरिया अध्यक्ष प्रमोद साउँदको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष भगवती डगौरा रहेकी थिइन् । उपाध्यक्ष पल्टुराम चौधरीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन सचिब शिवराज गौतमले गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

लुभुमा एकै घरका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि

ललितपुर। महालक्ष्मी नगरपालिका ८ लुभुको एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएका बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत लुभुका एक ल्याब टेक्निसियनको परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजिटिभ आएको हो ।

स्वर्गीय बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

माधव खनाल, अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ निवासी स्वर्गीय गिरिराज खनाल र स्वर्गीय मिना खनालको सम्झनामा घरपरिवारले भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउँ नयाँ पोखरामा रहेको बाल शिक्षा माध्यमिक बिधालयमा ६१०६६(एकसट्ठी हजार छ्यासठ्ठी )रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad