# भर्खरै
Namaste Icon
Ad

नेपाल आइडल रवि ओडको मन छुने अन्र्तवार्ता : झुपडीमा बस्ने म ... (भिडियो सहित)

नेपाल आइडल रवि ओडको मन छुने अन्र्तवार्ता :  झुपडीमा बस्ने म ... (भिडियो सहित)

काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले पछिल्लो समय निरन्तर आफ्नो गीतहरु बजारमा ल्याइरहेका छन् । गीतरसंगीतसँगै उनी सामाजिक कार्यमा पनि संलग्न छन् । उही ‘नेपाल आइडल सिजन–२’का विजेता रवि ओडले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै एक्कासि दर्शकहरुको साथ–सहयोगले उचाईमा पुग्न सफल भएता पनि आफूलाई अझै त्यस उचाईमा पुगे जस्तो नलाग्ने गरेको बताएका छन् ।

उनले भने, ‘नेपाल आइडल भित्रको माहौल र बाहिरी उद्योगको माहौल नै छुट्टै छ । बाहिरी उद्योगमा प्रतिस्पर्धा गर्न गाह्रो छ । बाहिर जुन किसिमको प्रतिस्पर्धा छ, त्यो एकदमै चुनौतीपूर्ण छ । त्यसैले अहिलेको समयमा आफू त्यतातिर केन्द्रित भएको छु ।’

‘नेपाल आइडल सिजन–२’को विजेता भएता पनि आफू पहिले जस्तै सामान्य रहेको उनको दाबी छ । उनले भने, ‘रवि ओड भनेको नेपाल आइडलको अडिसनमा जस्तो थियो, अहिले पनि त्यस्तै छ । मान्छेको मन न हो, कतिपयले नेपाल आइडलको विजेता भइसकेपछि आफ्नो प्रतिकृया दिइरहेका छैनन् भन्दै घमण्डी पनि भन्नुहुन्छ होला । तर, म पहिले घरमा जस्तो थिए अहिले पनि त्यस्तै छु । पहिले मलाई चिन्नुहुन्न थियो तर, अहिले चाँही बाहिरसमेत यो रवि ओड हो भनेर चिन्नुहुन्छ । मेरो यति मात्रै परिवर्तन भएको छ ।’

 

हेर्नुहोस यो भिडियो

 

Ad

सम्बन्धित समाचारहरु

‘कलाकारीताबाट देशको लागि केहि योगदान गर्न मन छ’ : जनयुद्धका बालकलाकार स्वर्णिम शाही

कतिपयले नेपालको दुर्गम क्षेत्र भनेर चिन्छन, कतिपयले प्रकृतिले दिएको सुन्दर उपहार, कला संस्कृतिको धनी एंवम नेपाली भाषाको उद्गम स्थल भनेर चिन्छन, भने कतिपयले विद्राही भनेर चिन्छन, यी सवै चिनारी भएको एउटै नाम हो ‘कर्णाली’ । जसरी अभिभावकले हेपेको सन्तान विद्रोही हुन्छ, त्यसरी नै कर्णाली पनि राज्यसत्ताको फरक व्यवहारले विद्रोही बनेको हुनसक्छ । कर्णाली थोरै प्रतिशतले विद्रोही भएको देखे पनि नेपालकै भु–स्वर्ग मानिने अनेकौं प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा, रितिरिवाज कला संस्कृतिको फूलवारी हो । यसै कर्णालीबाट १० वर्षे शसस्त्र जनयुद्धको सुरुवात भयो, देशभरिमै सवैभन्दा बढि शहिद भए ।

‘कम्युनिष्ट सरकारले सर्वसाधारणलाई छुने काम गर्न सकेन’-  पण्डित (भिडियो सहित)

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्र र छ वटा प्रदेशमा दुई तिहाईको सरकार चलाईरहेको छ । अर्को मुख्य दल नेपाली कांग्रेस सरकारको प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको छ । संघिय संरचना अनुसार केन्द्रिय सरकार, प्रादेशिक सरकार र स्थानिय सरकारले देश सञ्चालन गरिरहेका छन । नेकपा सरकारले ‘सुखि नेपाली समृद्ध नेपाल’ को नारासहित आफ्ना कार्यहरु सञ्चालन गरिरहेको छ । यस्तो परिवेशमा प्रतिपक्षको भुमिका कस्तो हुनुपर्छ, के गर्दैछ नेपाली कांग्रेस ? प्रस्तुत छ, समग्र अवस्थाका बारेमा नेपाली कांग्रेस बाजुरा का सभापति कविराज पण्डितसँग दर्पण दैनिकले गरेको कुराकानीको सम्पादित अंशः

Ad

प्रतिक्रिया दिनुहोस

Ad