Ad
Ad

विष्णु भण्डारीद्वारा लिखित उपन्यास ‘सुनको पहाड’ बजारमा

विष्णु भण्डारीद्वारा लिखित उपन्यास ‘सुनको पहाड’ बजारमा

काठमाडौं । साहित्यकार विष्णु भण्डारीद्वारा लिखित उपन्यास ‘सुनको पहाड’ बजारमा आएको छ । अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का नेता राम कार्की, साहित्यकार अधिवक्ता एकराज भण्डारी, डा.अर्चना थापा र लेखक भण्डारीले उक्त कृतिको संयुक्तरूपमा विमोचन गरे ।


कार्यक्रममा पूर्वमन्त्री कार्कीले उपन्यासमा जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई चित्रण गरिएको बताए । उनले भने, ‘उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली हो । यसमा प्रौढ र खारिएको भाषा आएको छ । घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको छ ।’ उनले जनयुद्धले नेपाली समाजलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै उपन्यासकार भण्डारीले त्यसलाई फरक ढंगले प्रस्तुत गरेको जिकिर गरे ।


साहित्यकार डा. थापाले भण्डारीले जनयुद्धको अभिघातको जटिल पक्षलाई मिहीनरूपमा पुस्तकमा समेटेको बताइन् । उनले भनिन्, ‘अहिलेको समयमा बेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखकले मिहिन ढंगले उतार्ने कोसिस गर्नुभएको छ ।’ उनले समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको संयोजनबाट उपन्यास राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्तरूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष हो ।’


लेखन शैली र कथ्य दुवै हिसाबले उपन्यास बलियो रहेको बताउँदै डा. थापाले उपन्यासमा पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई तोडेर भण्डारीले नयाँ शैली प्रयोगमा ल्याएको जिकिर गरिन् । उनले थपिन्, ‘परम्परागतरूपमा त्याग र समर्पणको यात्रामा पुरुष पात्र नै देखिने गरेको तर लेखक महिलालाई त्यसमा अघि सारेर सामाजिक न्याय र समानताको पक्षमा उभिएका पाइन्छ ।’


त्यस्तै, अधिवक्ता एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको सुनाए । जनयुद्धका क्रममा बेपत्ता पारिएको विपिन भण्डारीका बुबासमेत रहेका भण्डारीले भने, ‘उपन्यासका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सदृश्य वर्णन पाएँ ।’
लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मआलोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकोले बताउँदै उनले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउनेमा धारणा व्यक्त गरे । उनले सामाजिक रुपान्तरणका लागि जनयुद्धले महत्वपूर्ण भूमिका खेले पनि राजनीतिक परिवर्तनपछि देशले सही दिशा नसमातेको भण्डारीले गुनासो गरे ।


उपन्यासकार भण्डारीले पुस्तकमा सामाजिक रूपान्तरणका लागि योगदान दिएका व्यक्तित्वलाई चित्रण गरिएको विचार व्यक्त गरे । उनले भने, ‘समाज परिवर्तनका लागि उत्सर्ग दिने अभियान्ताको योगदान र पछिल्लो राजनीतिक परिदृश्यलाई पुस्तकमा चर्चा गरिएको छ ।’ यो उयन्सास फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

 

Ad

सम्बन्धित समाचारहरु

‘योद्धाको सपना’ माथि समिक्षा : ‘देवकी राष्ट्रिय चेतना भएकी कवि हुन्’

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए । जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविका रुपमा स्थापित भएको थापाले बताए ।

दशैमा प्रदेशीका गुनासाहरु

दशैमा प्रदेशीका गुनासाहरु

दशै आउदा सपनीमा , जमरा देख्छन प्रदेशीरमाएर बिताएका ती , छहरा देख्छन प्रदेशीपोहोर खिचेको दशैको फोटो दशैमा नै हेर्दाखेरी सबै फुलेका फुलहरुमा , भमरा देख्छन प्रदेशी

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad