Ad
Ad

दशैंको अवसरमा टेलिकमको छुट योजना

दशैंको अवसरमा टेलिकमको छुट योजना

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् ।  नेपाल टेलिकमका अनुसार फोरजी एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444#  डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।

 

त्यसैगरि, पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444#  डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ  । पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिने टेलिकमले जनाएको छ ।

 

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ ।  आफ्नो मोबाइलमार्फत ८ज्ञद्धण्ण्३  डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca  लेखेर 1400  मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

 

जीएसएम÷सीडीएमए ग्राहकका प्रिपेड÷पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । महान् पर्व विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र  ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । त्यस्तै, ५०, १०० र २०० को बोनस ३ दिन भित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने टेलिकमद्धारा जारि बिज्ञप्तिमा भनिएको छ । त्यसैगरी एमपोसबाट   १० देखि ४९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र  ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । 

                                                                                                                                                                                                         

Ad

सम्बन्धित समाचारहरु

ओपो रेनोटू एफ : चार क्यामेराको सेटअप, ८जीबी र्यामसँगै अन्य

काठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् ।

उडेको जहाजको पंखामा चरा पस्दा आकस्मिक अवतरण

उडेको जहाजको पंखामा चरा पस्दा आकस्मिक अवतरण

काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको सीता एयरको टुइनअट्टर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad