Namaste Icon
Ad
Ad

हाइब्रिड धान भनेर लगाएको विउ नक्कली भएको आशंका

हाइब्रिड धान भनेर लगाएको विउ नक्कली भएको आशंका

काठमाडौं । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विउ नक्कली भएको हुन सक्ने आशंका सहितको प्रतिवेदन अध्ययन समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । विउ नक्कली भए नभएको एकिन विवरण भने उक्त धानको डिएनए फिंगर प्रिन्ट परिक्षणपछि मात्र थाहा लाग्ने छ । बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डिएनए परिक्षणको प्रकृया शुरु गरिसकेको समितिले जनाएको छ । समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका बैज्ञानिक शुशीलराज सुवेदीका अनुसार उक्त धानको विरु रोपेको ७ दिनमा पात लाग्ने छ र पात लागेपछि मात्र डिएनए परिक्षण गर्न मिल्ने छ । त्यसको ३ दिनमा डिएनएको नतिजा आइसक्ने छ ।


गरिमा जातको हाइब्रिड भनिएको धानमा एक सय २० देखि २५ दिन भित्र पाक्नु पर्ने विशेषता भएको भनिए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्नको लागि समिति गठन गरेको थियो । राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामबरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्सीय समिति गठन गरिएको थियो । समितिले स्थलगत अनुगमन, निरिक्षण र किसानसँग छलफल र अन्तरकृया गरी तयार पारेको प्रतिवेदन मन्त्री खनाललाई बुझाएको हो ।


नेपालगञ्जका देवानजंग चौधरी म्यानेजिङ डाइरेक्टर रहेको South East Asian Seed Company Pvt. Ltd. ले नेपाल यो वर्ष उक्त धानको बिउ नेपाल भित्र्याएको थियो । चितवनमा भने सुदीप कुमार पाठकले सञ्चालन गरेको प्रशान्त एग्रोभेटले वितरण गरेको थियो । उक्त एग्रोभेटबाट ९ हजार किलो विउ चितवनमा र साढे ४ हजार किलो विउ रौतहट, नवलपरासी, नुवाकोट, लम्जुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको समितिले जनाएको छ । २०७२ सालमा गरिमा हाइब्रिड जातको बिउ नेपालमा रजिष्टर भएको थियो । यसअघि समस्या नभए पनि यो पटक भित्र्याइएको बिउ गरिमा नभइ मध्यम खालको ल्याएर चिटिङ भएको हुन सक्ने समितिको अनुमान छ ।


समितिका सदस्य एवं बिउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका निमित्त प्रमुख केशव देवकोटाका अनुसार मोर्फोलोपिजकल टे«ट हेर्दा र बाली पाक्ने अवधिको हिसावले खडा बाली दर्ता भएको गरिमा हाइब्रिडसँग मेल नखाएको देखिएको छ । दर्ता गरिएको हाइब्रिड जातको धान र स्थलगत निरिक्षण गरिएको गरिमा धानका जातीय विशेषता पनि फरक पाइएको उनको भनाई छ ।


प्रतिवेदन बुझिसकेपछि मन्त्री खनालले उक्त धानको विउ नेपाल सरकारले दर्ता गरेको गरिमा जातको नभएको पाइएमा कानूनी कार्वाही गर्ने बताए  । दोषी पाइएमा किसानलाई क्षतिपूर्ति दिलाई किसान ठग्ने कम्पनीको लाइसेन्स खारेज गरी गरिमा जातलाई नेपालबाटै हटाउने मन्त्री खनालले चेतावनी दिए । डिएनएको रिपोर्ट आएपछि थप कार्वाही अघि बढाउने मन्त्रालयले जनाएको छ । 

Ad

सम्बन्धित समाचारहरु

नेपाल आएका सलह आफैं मर्न थाले

नेपाल आएका सलह आफैं मर्न थाले

काठमाडौं । अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए। ‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं मर्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’ उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उनले बताए।

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

भारत निकासी रोकिएको चिया निकासी हुन थाल्याे

इलाम । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ । नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad