# भर्खरै
Namaste Icon
Ad
Ad

उपचार गर्न आर्थिक अभाव भएकै बेला कामतीले जिते एनसेलको १० लाख नगद

उपचार गर्न आर्थिक अभाव भएकै बेला कामतीले जिते एनसेलको १० लाख नगद

काठमाडौ । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार (पुष १६) गते चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाखको चेक हस्तान्तरण गरेका थिए ।


आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् । अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । ‘छोरा केहीदिनमा डिस्चार्ज हुने आशामा छौं,” जितेन्द्रकाबुबाले भने । “यो पैसाले केहीव्यापार पनि गर्ने योजनामा छौं ।’


यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन् । ती ३० जना मध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जनाग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १ सय वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ । योजनाको प्रत्येक चार हप्ताको समापन सँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।


ग्राहकहरुले १ सय वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १ सय बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३ सय ५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५ सय रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्तहुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad