# भर्खरै
Namaste Icon
Ad
Ad

म्यान्मारमा भ्रमण वर्षको प्रचार

म्यान्मारमा भ्रमण वर्षको प्रचार

म्यान्मार । म्यान्मार (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो ।

भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिए ।

उनले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई व्यापारीलाई बुद्धले उपहारस्वरूप दिएको आफ्ना आठ वटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीहरूले गर्छन् ।

कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले नेपाली मूलका गोरखा सैनिकहरूले बर्माको एकीकरणमा पुर्याएको योगदानको चर्चा गरे । उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै बर्मेलीलाई नेपाल पठाउन सहयोग गर्ने बताए । करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपालमै छन् ।

Ad

सम्बन्धित समाचारहरु

भाँगावनमा निर्मित खानेपानीको ट्यांकी उद्घाटन

भाँगावनमा निर्मित खानेपानीको  ट्यांकी उद्घाटन

सन्तोष दहाल,ललितपुर। गोदावरी नगरपालिका १० को भाँगावनको शिरमा निर्माण गरिएको १५००० लिटर क्षमताको पानीट्यांकीको उद्घाटन गरिएको छ। शनिबार ललितपुर क्षेत्र नं १ (ख) का बागमती प्रदेश सभा सदस्य चेतनाथ संजेलले उक्त ट्यांकीको उद्घाटन गरेका हुन्।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर हुनेछ - प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा देशमा बाघको संख्यालाई दोब्बर बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बाघ दिवस-२०२० को उपलक्ष्यमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad