# भर्खरै
Namaste Icon

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बिर्सन नसकिने महान योगदानहरु

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बिर्सन नसकिने महान योगदानहरु

  दीर्घराज प्रसाई । नेपाल सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । नेपालको   एकीकरण हुनुभन्दा अगाडि हिमवतखण्ड नेपालमा स–साना धेरै हिन्दुराज्यहरु थिए । इष्ट   इण्डिया कंपनीले भारतमा आफ्नो प्रभूत्व जमाउन थालेको अवस्था थियो र हिमवत्खण्ड नेपालका हिन्दु राज्यहरु समेत सुरक्षित हुने अवस्था थिएन । त्यसअवस्थामा यसक्षेत्रमा एक अवतारको जन्म भयो । तिनै अवतार गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा यसक्षत्रका स–साना हिन्दु राज्यहरुलाई एकीकरण भएर स्थापित भयो–संयुक्त हिन्दुअधिराज्य नेपाल । भारतबर्षमा मुसलमान र अंग्रेसको साम्राज्यवाट तहस नहस पारिएको हिन्दु अस्मिता बिटुलिइसकेको अवस्थामा हिमवतखण्डका स–साना हिन्दु राज्यहरु एकीकृत भएर नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्यको रुपमा देखा प¥यो । यही नैं गौरवको कुरा भयो भारतबर्ष लगायत संसारभरका हिन्दुहरु तथा विश्वभर छरिएर रहेका नेपालीहरुको लागि । मननीय कुरा छ कि भारतबर्षलाई हिन्दुस्थान भन्नु भन्दा पहिला नैं विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्थाना’ भनेका थिए । भारतबर्षमा मुसलमान र अंग्रेजहरुले आक्रमण गरेर एकीकृत भएका कैयौं राज्यहरुका बासिन्दाहरु धेरै हिन्दु भएकाले अंग्रेजहरुले हिन्दुहरुको बसोबासो भएको देशलाई हिन्दुस्थान भनेपछि मात्र भारतलाई ‘हिन्दुस्थान’ भन्न थालिएको हो । तर कुनै आक्रमणकारीहरुबाट बिटुलो नभएको जन्मदैको पबित्र हिन्दुस्थल हो यो ‘हिन्दुअधिराज्य नेपाल ।’

नेपालको एकीकरण हुनभन्दा अगाडि विश्वका धेरै देशहरु कोही टुक्रिएका, कोही उपनिवेसको पञ्जामा परेका थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि जर्मनी, इटाली टुक्रा टक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०/२५ बर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियोे । नेपालको एकीकरण भएको २/३ दशकपछि मात्र अमेरिका बेलायती सम्राज्यबाट मुक्त हुन सकेको थियो । अमेरिका, जर्मन, इटाली, जापान लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका अवस्थामा पनि बेलायती साम्राज्य यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो ।

विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरुमा विभाजित भएका थिए । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो । यसक्षेत्रमा त्योबेलामा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाह जस्तो सपूत यसक्षेत्रमा नजम्एिका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने स्थिति थियो । यसक्षेत्रका धेरै राज्यहरु हिन्दु भएकाले र नेपाली भाषा सबै राज्यको अन्तरदेशीय भाषा भएकाले पृथ्वीनारायण शाहलाई विशाल नेपालको एककिरण गर्न सजिलो भएको थियो । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसाथ गरेका थिए ।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे । फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ ।


घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थल लगायत बिवाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । ‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलीविराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल जित्न भनी चले, राना–मगर, गुरुङ, कुवर, पाध्ये, बोहोरा, अर्याल, प्रसाई, खनाल,पाँडे, भूसाल आदि साथमा चले .......... भोट, दिल्ली, किल्ला–काँगडा, लंका–पलंकामा चल्दै श्री पशुपतिनाथ, गुह्यकालीसँग जीतबाजी मागे । उँधो गंगाको साँध, टिष्टामा गई खाँडो पखाली, बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!! श्री पशुपति, गुहेश्वरी, गोरखानाथ, मछेन्द्रनाथ, भैरवनाथ, दक्षिणकाली, बज्रगोगीनी, चार नारायण,नवदुर्गा भगवतीको शरण पाई बैरीले छोडे प्राण । बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!!’ यो त्यसबेलाको विजय गान थियो । यो पनि अध्यावधि नेपालीहरुले बिवाहको शुभलगनको बेलामा यसरी खाँडो जगाइन्छ ।


‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराइरहेको छ । २६० बर्ष अगाडिदेखि नैं पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको कति दुर्दर्शी थिए भन्ने कुरा अहिले छिमेकीहरुको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका थिए । राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए । यसकुराले नेपाल अधिराज्यका सम्पूृर्ण धर्म, जाति र यसक्षेत्रको परम्परालाई शिरोधर गर्न सकेका थिए ।


पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको विशाल नेपालको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुबहादुर शाहले मूलुक मात्र जिेतेका थिएनन् उनले मुलुकमा राम्रो बन्द्योबस्त मिलाउन सकेका थिए । बहादुर शाहले हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरुलाई शकभर लडाई नगरी आश्रित राज्य बनाउने निितसम्म थियो । यसनीतिको फलस्वरुप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाड, गढवालसम्म इत्यादि अनेक राज्यहरु नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका र यमुनासम्म साँध भई सिरमोढसँग संन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो । यी सबै सर्तहरु कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अबिस्मरणीय छन् । पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा प्रसन्सा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि...चारैतिरबाट मुनिजनहरुले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन ह¥न्या बज्रयोगिनी छन्,जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् ।’ यसरी अडाइसय पचास बर्ष अगाडि यसरी उल्लेखित वाक्यहरुको मनन् गरियो भने पनि नेपालको सही परिचय प्राप्त हुन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, कामी, दमाई, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरुको बीच सँधै समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरि जातिहरु पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए ।


काठमाण्डौं उपत्यकामा भक्तपुर र कान्तिपुरमा जयप्रकाश मल्लको समयमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्ने पादरीहरु रहेका थिए । कीर्तपुर विजय गर्ने अभियानको सन्दर्भमा काजी कालु पाण्डेको लडाईमा मारिए । लडाईमा पृथ्वीनारायण शाहका भाई शुरप्रताप शाहको आँखा फुटेको अवस्थामा पृथ्वीनाराण शाहले कान्तिपुरमा रहेका इसाई डाक्टरले शुरप्रताप शाहको आखामा दबाईमूलो गरेका गरे । त्योबेलासम्म पृथ्वीनारायण शाह इसाईसँग आक्रोशित थिएनन् । गोर्खाले कीर्तिपुरमा विजय गरेपछि इसाई पादरीले जयप्रकाश मल्ललाई भारतबाट अंग्रेज फौजको सहयोग माग्ने र पृथ्वीनारायण शाहलाई कीर्तिपुरबाटै हराउनको लागि सललाह दिएर सो अनुरुप पादरीको सक्रियतामा २४ अंग्रेजी फौज कर्नेल किलोकको नेतृत्वमा सिंधुलीगढीबाट आउन लागेको मुगीिटारका रामचन्द्र प्रसाईले (प्राचीन नोपल पुरातत्व विभाग– मोहन खलालको लेखाइृ अनुसार) कीर्तिपुरमा पृथ्वीनारायण शाहलाइृ पत्र लेखी पठाएको आधारमा पृथ्वीनारायण शाहबाट सेनापति रामचन्द्र कुँवर, बंश पाण्डे, जयनारायण मगर लगायत केही आर्थिक सहयोगकासाथ केही योद्धाहरु पनि सिंन्धुली गढीमा पठाएपछि गोर्खाली फौजले अंग्रेज फौजहरु माथि आक्रमण गरे र जसमा २४ सयमा १६ सय मरे र अरु भागे । यसरी आफ्रनो राष्ट्रि एकीकरणको महानयक्षलाई अगाडि बढ्न नदिएर इसाई पादरीले जयप्रकाश मल्ल मार्फत यस क्षेत्रमा इसार्इृको पहूच बढाउने षडयन्त्रबाट पृथ्वीनारायण शाह अत्यन्त सशंकित भए ।


पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि कान्तिपुरमा रहेको इसाई पादरीले जयप्रकाश मल्ललाई क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रीसले पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अंगे्रजी लेखक कर्कपेट्र्रिकले झुटा र कपोलकल्पित कुराहरु लेख्ने काम गरेका थिए । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ भन्ने कुराको सोचाई नगरी अंग्रेजहरुले झूठा हावा फिँजाउने दुस्प्रचार गरेका थिए । आफ्नो मातहतमा आएका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहको नीति नैं थियो । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका थिए । पृथ्वीनारायण शाहका व्यवहार हेर्दा एक मानववादी जनप्रिय राजा भएकाले त्यसरी आतताई प्रकारले दूनियाँलाईनैं आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् र त्यसरी नाक काट्ने आदेश दिएका पनि थिएनन् । त्यस्ता झूठा कपोलकल्पित कुराहरु प्रचार गरेर यसक्षेका सपुतको बेइज्जत गर्न खोजेका थिए । त्यही कुरालाई नेपालका कतिपय इतिहासकारले पनि उल्लेख गरेकाले आजभोलि समेत पृथ्वीनारायण शाहलाई बदनाम गर्ने आधार बनेका हुन् । यो इतिहासको यथार्थ माथिको आक्रमण हो ।



श्री ५ पृथ्वीनारायण शाहले किर्तिपुरेको नाक काटेका थिएन। यो पादरी जोसेप्पीको कथन मनगढन्त थियो । किर्तिपुरका जनताले आत्मसमर्पण गरेपछि श्री ५ पृथ्वीनारायण शाहले शुरप्रताप शाहलाई– १) बस्तीमा केहि मुख्य बासिन्दाहरुलाई मार्नु, २) प्रत्येक व्यक्तिको नाक र ओठ काट्नु, ३) नाक ओठ काटिएका मानिसको गन्ती गर्नलाई काटिएका नाक ओठ जम्मा गरिराख्नु र ४) बस्तीको नाम बदलेर नसकटापुर राख्नु भन्ने आज्ञा पठाएर यस आज्ञाको निर्दयतापूर्वक पालना गरियो भनेर पादरी जोसेप्पीले कथन पागलको प्रलापसमान मनगढन्त लेखेका थिए । तर यसै बस्तीमा पृथ्वी नारायण शाह आएर यस बस्तीलाई सजाएर आफूसमेत केहि महिना यहीँ बसेका र त्यहाँ बसेर पृथ्वी नारायण शाहले र युवराज प्रतापसिंह शाहले लेखेका पत्रहरुमा मुकाम किर्तिपुर लेखिएको छ ।


हग्सन पेपरमा रहेका यस विषयको कागज लेखेर बस्तीका बासिन्दाहरुलाई बोलाई कोटमा थुनेर पछि सबैका नाक काटिदिँदा काटिएका नाकको तौल धार्नी १२, सेर १ र तोला ६ भयो भनेर लेखे । जोसेप्पीका लेखेको र केही हग्शनलाई दिने अज्ञातनमा लेखकको अन्धानुकरण गरी नकटापुर भन्ने नामको समर्थन गर्दै काटिएका नाकको तौल बढाएर १७ धार्नी एक सेर पु्र्याएका छन् । कप्तान कर्क प्याट्रिकले आफ्ना भरियाहरुमा ध्यान आकर्षित गर्ने संख्यामा नकटाहरु देखेका कुरा लेखेका छन् । अरु बयान जोसेप्पीको लेखेको भरमा लेखिएको देखिन्छ । कर्क प्याट्रिकका यसै वर्णनबाट ओठ काटिएको भन्ने कुरा सर्वथा गलत देखिन आएको छ । यस प्रकारको राक्षसी आज्ञा पृथ्वी नारायण शाहले दिएका हुन् भन्ने कुरा नै निराधार छ । अनि कसैले नाक ओठ दुवै काटेको, कसैले नाक मात्रै काटेको र कसैले संख्या जान्न मात्रै नाक ओठ जम्मा गर्न लगाएको, कसैले काटेका नाक ओठ तौलेको र त्यो तौल पनि एकजनाको वर्णनमा एकथरी, अर्काको वर्णनमा अर्कैथरी भएको अनि कसैले त्यो बस्तीको नाम मात्रै बदलिएको र कसैले त्यस वस्तीलाई नै भस्मसात गरिदिएको कथा कथेका छन् ।


पृथ्वीनारायाण शाहको चरित्र र उनका निर्देशन र नियन्त्रणमा निर्माण भएको गोरखाली सेनाको परम्पराका आधारमा पनि यस विषयमा विचार गरिनु आवश्यक देखिन्छ । नेपालको एकीकरणका लागि सम्बत १८०१ देखि १८३१ सम्मको आफ्ना जीवनकालमा पृथ्वी नारायण शाहले सुरु गरेका अभिानमा सय भन्दा बढी ठाउँमा लडाईं लडिए । सत मध्ये कुनै लडाईंमा पनि आत्मसमर्पण गरेका र रणक्षेत्रमा समातिएका ब्यक्तिको लडाईंपछि हत्या भएको आजसम्म पाइएका कुनै पनि समसामयिक कागजपत्रबाट देखिएको छैन । लडाईंको मैदानमा हतियार लिएर भिड्न आएका सत्रुलाई बाहेक अरु कुनै पनि निहत्था नरनारीको हत्य गारखाली सेनाले गरेको कुरा पनि समसामयिक कागजपत्रमा भेटिएको छैन । यसको एकमात्र अपबाद भक्तपुरको लडाईं थियो र यस कामका लागि उत्तरदायी सम्बन्धित ब्यक्तिलाई पृथ्वीनारायण शाहले उचित दण्ड दिएको कुरा समेत यथास्थान उल्लेख भइसकेको छ (भाग ३) ।


किर्तिपुरमा मात्र गोरखाली सेनाले हार खानु परेको थिएन र यसै लडाईमा मात्र गोरखाली सेनापति परेका थिएनन् । नालदुम, चौकोट आदि स्थानका लडाईंमा पनि गोरखाली सेनाले कयौं पटक हार खानु परेको थियो र नामी गोरखाली सेनापतिहरु ति लडाईहरुमा खेत गएका थिए । पछि ति स्थानहरुमा स्थायी रुपले दख्खल भएपछि पृथ्वी नारायण शाहद्वारा ति मध्ये कुनै पनि स्थानका जनताको अत्याचार बेइज्जती र उनीहरुको सर्बस्वहरण भएको कुरा पनि कुनै समसामयिक कागजपत्रमा भेटिएको छैन । बरु चौकोटका जनता आपफैंले बस्तीमा आगो लगाइदिंदा अरु धनजनको हानी नहोस् भनेर केही समय पर्खेर अर्कै उपायद्वारा एक थोपा पनि दुनियाँको रगत नबगाई एक कौडी पनि कसैको नोक्सान नगरी पृथ्वी नारायण शाहले चौकोट दख्खल गरेको कुरा पनि यथास्थानमा लेखि सकिएको छ ।


(इतिहासकार बाबुराम आचार्यद्वारा लिखित ‘श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनी’ चक्रपथबाट साभार)


उपरोक्त भनाई पृथ्वीनायण शाहलाई वदनाम गर्न लेखिएका कपोलकल्पित कुराहरुलाई यथार्थमा परिणत गराउन माओवादी कथित जनयुद्धको नाममा गोर्खामा जन्मिएका बाबुराम भट्टराईको नेतृत्वमा भारतीय गुप्तचर संस्थाको इशारामा गोर्खा, नुवाकोट लगायत अन्य ठाउँमा स्थापित भएका राष्ट्रनिर्माताका शालीकहरु भत्काइयो । सबभन्दा दुःखको कुरा पोखरा बाटुले चौर स्थिति पृथ्वी चौकको पृथ्वीनारायण शाहको शलीक भत्काएर त्यही लखन थापाको शालीक राखियो । लखन थापाको शालीक ठडिएपछि तिनै बाबुराम भट्टराई प्रधानमंत्री भएपछि लखन थापाको शालीक आवरण गर्न गएका थिए भने बाबुराम भट्टराई कति गिरे भनेर बुझिन्छ । अहिले आएर बाबुराम भट्टराई त्यसबारेमा पस्चाताप गर्दा हुन् । यस्तो जगन्य अपराध गरेपछि पश्चातापको कुनै महत्व हुँदैन । ब्याँसो बुढो भएर दाँत झरे पनि उसले आफ्रनो स्वभावलाई बदल्दैन भनेको जस्तै हो । गोर्खामा जन्मिएका पृथ्वनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नृतृत्वमा विशाल नेपालको सिर्जना हुन नसकेको भए बाबुराम भट्टराई नेपाली भएर कसरी यो हिमवतखण्ड नेपाली भएर गौरव गर्न सक्थे होलान् । त्यत्ति मात्र होइन उसले पृथ्वीनाराण शाहको शालीक राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइआएको पौष २७ गतेको सार्वजनिक बिदा समेत खारेज गराउन प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाको मंत्रिपरिषदमा गृहमंत्री बनेका कृष्ण सिटौलालाई दबाब दिएर राष्ट्रिय एकीकरणको उपहास गराए । अहिलेसम्म पौष २७ गते राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाउने काम भएको छैन । तर अवका दिनमा राष्ट्र निर्माताप्रति ससम्मान गरेर राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाएर सरकारले यस्ता गल्तीहरुलाई सुधार्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ ।



तर दुःखको कुरा छ कि गोर्खामा जन्मिएका माओवादी नेता डा.बाबुराम भट्टराईले लेखे– ‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे । पृथ्वीनारायण शाहले धार्मिक आधारमा खस आर्यहरुलाईृ माथिल्लो जातको मान्ने र अरु जातहरुलाइृ तल्लोजातका मान्ने गर्थे । पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पिडनमा आधारित थियो’ भन्दै राष्ट्र निर्माताको बिरुद्ध बिष वमनगर्दै आएका छन् । यिनै भट्टराईले कथित जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालीक भत्काउने अभियान चलाए । जनआन्दोलन बिसर्जन भएपछि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस नमान्न गृहमंत्रीलाई दबाब दिएका थिए । पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरुलाई धपाएका थिए । तत्कालीन माओवादी नेता बाबुराम भट्टराई समेत इसाई भएकाले हुनसक्छ त्यही डाहाले उनले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर प्रधानमंत्री गिरिजाप्रसादका गृहमंत्री  कृष्ण सिटौला मार्फत दबाब दिएर खारेज गर्न लगाएका थिए । यसरी २०६३ सालपछि हामी नेपालीहरुले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस खारेज गरेकाले घोर निन्दनीय कार्य भएको छ । २०६३ सालपछि दिनै नपर्ने अनेकौं सार्वजनिक बिदाहरु दिएर राष्ट्रिय एकता दिवस खारेज गर्नु ठूलो बेइमानी हो । २०६३ सालपछि माओवादी त भारत तथा पश्चिमाहरुले नेपाललाई इसाईकरण गर्न र फ्रि तिब्बतको नाममा चीन टुक्रयाउन तयार गरिएका भरियाकै रुपमा चिनिएका कुतत्वहरु हुन् भने तिनै माओवादीको पारामा लागेर २०४७ सालको संविधानका निर्माता सत्तासीन कांग्रेस, एमाले नेताहरुले नेपालको प्रतिष्ठाको रुपमा चिनिएको हिन्दुअधिराज्य, राष्ट्रिय एकताको मेआको रुपमा स्थापित संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको अस्तित्व समाप्त गर्न जुन अपराध गरे त्यो अक्षम्य छ । कुनै पनि बेला यो देश बचाउनको लागि कांग्रेस, एमाले र माओवादीका अपराधी नेताहरु नेपाली जनताको निशानामा पर्ने नैं छन् ।


राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हामी नेपालीहरुका गौरव हुन् । हिमवतखण्डका लगभग ५४ हिन्दू राज्यहरु कीकरण गरेर नेपालको राष्ट्रिय एकीकरणको समयदेखि स्थापित हुन सकेको नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो । हिमवतखण्ड– नेपाल विश्वका सार्वभौमसत्तासम्पन्न राष्ट्र मध्येको पुरानो सार्वभौम राष्ट्र हो । यो देवभूमि हो । यही क्षेत्रमा ऋषिमुनीहरुको ज्न्म भयो, वेद, उपनिषद, पूराणहरु सिर्जना भए । यस्तो पवित्रभूमि माथि आक्रमक भएर यो देश भूमिको अस्तित्व सिध्याउन खोजेका छन् । विक्रम संवत् २०६३ सालपछि त नेपालकै पार्टीका गद्दारहरुलाई प्रभावमा लिएर विदेशी हस्तक्षेप, जातीयता र क्षेत्रीयताका नाराले नेपाललाई अफगानिस्थानको हालतमा पु¥याउन चाहेका छन् । यो स्थितिमा हामी सम्पूर्ण नेपालीहरु होसियार हुनुपर्ने अत्यावश्यक छ । देश सबैको साझा हो । हाम्रा मान्यताहरु सिद्धिएपछि भोलिको दिनमा हामी आफ्नै देशमा शरणार्थी बन्न सक्छौं । नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्नसक्ने आधार स्तम्भहर यथावत रहिरहनु पर्छ । अतः नेपालका स्थापित मान्यताहरुलाई निरन्तरता दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश मात्र एकपटक हेरौं अनि थाहा हुन्छ– विश्वका प्रसिद्ध नायकहरु भन्दा प्रातःस्मरणीय पृथ्वीनारायण शाहको प्रतिष्ठा धेरै माथि छ ।

 

Ad

सम्बन्धित समाचारहरु

सफलताको लागी नेतृत्व बिकास

सफलताको लागी नेतृत्व बिकास

नेतृत्व भन्ने वित्तिकै नेता वा ठुलो समुहको नेतृत्व गर्ने भन्ने बुझन्छ तर यस अध्यायमा अलि पृथक ढंगबाट प्रस्तुत गर्दछु वास्तवमा नेतृत्व समुह वा संगठनको भन्दा पनि पहिलो स्वयंको हुनुपर्दछ, जसले आफुलाई स्वयको  नेतृत्व गर्न जान्दछ अनि मात्र दोश्रो समुह वा संगठनको पनि नेतृत्प गर्न सकिन्छ । नेतृत्व अर्थात लिडरसिप भन्ने वित्तिकै वास्तवमा तपाई के बन्न चाहनुहुन्छ भोलीको दिनमा तपाई एक एक्ष्ट्रा अर्डिनरी मानिस बन्ने दौडमा हुनुहुन्छ भने आज गरिने क्रियाकलाप नै तपाईको स्वयंको नेतृत्व हो । पहिलो कुरा नै तपाईले आफुलाई व्यवस्थित गर्नु प¥यो के खाने, के नखाने ,कति समय उठ्ने, कति व्याम गर्ने, कोसँग भेट्ने, नभेट्ने जस्ता किताब पढ्ने आदि इत्यादि कुराहरुको व्यवस्थापन तपाई स्वयंले गर्नुपर्दछ जुन तपाईको नेतृत्व विकास भित्र पर्दछ स्वयंको नेतृत्व विकास ।

Ad

प्रतिक्रिया दिनुहोस