# भर्खरै
Namaste Icon
Ad
Ad

सीटीसी मलमा खुल्यो ओपोको कस्टमर केयर सर्भिस सेन्टर

सीटीसी मलमा खुल्यो ओपोको कस्टमर केयर सर्भिस सेन्टर

काठमाडौं । विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्नाउपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रा हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।

काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ ( एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ ।उपभोक्ताको सहजताका लागि कम्पनीले टोल फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ ।ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ ।साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादन मार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्र मार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’

Ad

सम्बन्धित समाचारहरु

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

एनसेलको ‘वायरफ्री प्लस वाइफाइ’ सुरु, यस्ता छन सुविधा

काठमाडौं । एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ । मंगलवार (साउन २०) देखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। यो सेवा लिनेहरुले बन्डल सेवामा २ फोरजी सिमकार्ड, प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु पाउने छन्।

इ–स्पोर्टसलाई भाइबरको साथ, सुरु गर्‍यो ‘टिम स्वर्ग’ फोर्टनाइट कम्युनिटी

काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक इ–स्पोर्टस् प्रतियोगिता नेपालमा सञ्चालन गर्नका लागि सहयोग गरेको छ। प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र इ(स्पोर्टस् संगठनको सहकार्यमा भएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad